• काठमाडौ – लिम्बू कथानक चलचित्र “थेत्लङ”को आगामी पुस २६ गते काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ ।

    सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू ‘होन्दोक’ले लेखेका हुन । उक्त उपन्यासलाइ वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा/संवाद गरेका छन । सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँमा छायांकन भएको चलचित्रमा बिशाल सेनेहाङ र दिब्या सुब्बा,संगीता सम्बाहाम्फे,सर्मिला यक्सो,मुनाहाङ लिम्बू,सान्ती सुब्बा,हस्त लिबाङ,देउमान केरुङ,मणिराज लिम्बू,येहाङ लिम्बू,लिला तुम्बापो,सन्जय ताम्लिङ,सनमायाँ लिम्बू,सुकबीर ताम्लिङ लगायतले अभिनय गरेका छन भने मनु नेम्बाङ,यादन सेर्मा,सिता सिंगक,गंगा फियाक,मणि ताम्लिङ,रामदुखी आङ्देम्बे,मिजिरा सम्बाहाम्फे र र बालकृष्ण वनेमको स्वर रहेको छ ।

    सागर केरुङ,दिलसिङ र यादन सेर्माको शब्द रहेको गीतहरु कुल्बा सुब्बा,राजु आङ्देम्बे,मनि ताम्लिङ र पबिन आङ्देम्बेले संगीत गरेका छन । सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्यनिर्देशन दिनेश माङ्मु,क्यामेरामेन हेमन योन्जन,सम्पादन किरण केसिको रहेको छ भने उक्त चलचित्र किशोर सुब्बाले निर्देशन गरेका हुन भने मनि ताम्लिङ् र बिराज लिम्बूले निर्माण गरेका हुन

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…