• छिल्लो समय पूर्वका विभिन्न स्थानहरुमा सौन्दर्य प्रतियोगिताहरु हुने क्रम बढ्दो छ । प्रतिभा प्रस्फोटनका नाममा आयोजना गरिदै आएका यस्ता प्रतियोगिताबाट प्रतिस्पर्धीहरुमा व्यक्तित्व विकासका साथै आत्मविश्वास बढ्ने विश्वास गरिन्छ । तर प्रतिभा प्रस्फोटनका नाम दिएर आयोजना हुदै आएका अधिकांश सौन्दर्य प्रतियोगिताले कमाउ धन्दाको रुप लिदा अभिभावकसँगै प्रतिस्पर्धीहरुमा समते अन्यौलता छाएको छ । सहभागीहरुलाई फर्म शुल्क,प्रशिक्षण शुल्क लगायत अन्य विभिन्न शिर्षकमा चर्को रकम असुलिरहेका आयोजकले प्रतिस्पर्धीलाई नै टिकट समेत बिक्री गराउँदै आएका छन् । कतिसम्म भने केही प्रतियोगीमा विजेता घोषणाको समयमा समेत पैसा कै बहष भएको चर्चा नचलेका हैन् । आयोजकको लुट् तन्त्रले गर्दा आर्थिक रुपले विपन्न तर प्रतिभाले भरपूर्ण प्रतिस्पर्धीहरुले सहभागीता जनाउन पाएका छैनन् । जो साच्चि नै सामाजका लागी महत्व राख्दछन् । के पैसा हुनेसँग मात्र प्रतिभा हुन्छ ? यदि सबैलाई समेट्न सक्दैन् भने किन आयोजना गर्नू यस्तो प्रतियोगीता ? भन्ने प्रश्नले प्राथमिकता पाएको छ यतिबेला । यसै विषयमा विभिन्न मानिसहरुलाई हामीले सोधेका छौं पछिल्लो समय हुदै आएका सौन्दर्य प्रतियोगिता बारे तपाईको भनाई के छ ?



    विमल शमशेर कुवर, युवा व्यवासायी

    वास्तवमा म सौन्दर्य प्रतियोगिताको बिरोधी हैन तर सौन्दर्य प्रतियोगिताको नामका लुटेरा आयोजक हरुको बिरोधी हु ! एकाध सोधिएका प्रश्नले कुनै नारीको बौद्धिकताको टुंगो कसरी लाग्छ ? त्यसमाथी भोटिंङ परिपार्टी एकदमै गलत छ । टिकट बेचेर प्रथम हुने यो बास्तबमा निश्चित समयका निम्ति बेचिएकी मोडल हुनु हो । मान्छे बेच्ने यस्तो परिपार्टीलाई विवेकशील कसैले पनि समर्थन जनाउँन सक्तैन । नारीको शोषण गर्ने कामलाई निरन्तरता दिने, नारी व्यक्तित्वको आन्तरिक पक्षलाई उपेक्षा गर्ने, समाजमा गलत प्रभाव पार्ने, व्यक्तिलाई भ्रष्ट र विकृत बनाउँने उपभोक्तावादी सँस्कृतिको बाहक बनाउने काम समेत गर्दछ यस्ता प्रतियोगीताहरुले । र अर्को कुरा प्रतियोगी र तिनका परिवार सुन्दरीको पगरी भिर्नको लागी जे पनि गर्न तयार हुनुले पनि दलालहरुले बीचमा खेल्न पाइरहेका छन् । हिजो मिस टिन , मिस पुर्वान्चल , जस्ता प्रतियोगिता जित्नेहरु आज कहाँ छन , समाजका लागी के कस्ता योगदान गरेका छन् सबैले बुझ्न जरुरी छ ।

     

     



    २ अश्विनी कोईराला, पत्रकार

    जनचेतना सबै भन्दा ठुलो कुरा हो । नेपाल खुल्ला अर्थतन्त्र अपनाएको मुलुक पनि हो । जुन देस खुल्ला अर्थतन्त्रमा हुन्छ, कुनै पनि व्यक्तिले देसको कानुनले दिएको अधिकारको प्रयोग गरेर व्यावासाय गर्न पाउँछ कानुनले दिएको यही अधिकार प्रयोग गरेर धेरैले सौन्दर्य प्रतियोगिता गरिरहेका छन् । कतिपयले यसको दुरुपयोग पनि गर्दै आएको पाईन्छ । यसबाट बच्न जनचेतना जगाउनु जरुरी छ । भाग लिने प्रतियोगीहरुले पनि उनीहरुको ब्यापारिक जालोमा फस्नुबाट सचेत रहन सक्नुपर्दछ ।

     



    ३ पकंज कार्की, फोटोग्राफर

    सौन्दर्य प्रतियोगिता केही समय यता व्यापारका रुपमा मौलाउदै गएको छ । प्रतिभा प्रष्फोटनका रुपमा समेत लिएका यस्ता कार्यक्रममा चर्को पैसा असुलेर आयोजना गरिने प्रतियागिताले पर्कै पनि सबैलाई समेट्न सकेको पाईदैन् । अझ विजेता घोषणाको अन्तिम चरणमा गरिने मोलमोलाई यस क्षेत्रको घिनलाग्दो प्रवृति बन्दै गएको छ भने विजेताले पाउनु पर्ने पुरस्कार नपाएको तितो यर्थात पनि छ । यस किसिमको विकृती रोक्नलाई सर्वप्रथम त स्थानीय समाजका अगुहरुले महत्वपूर्ण भूमीका निर्वाह गर्न जरुरी छ ।

     

     

     



    ४ रविन लामा, युवा समाजसेवी

    पछिल्लो समय आयोजना हुदै आएका सौन्दर्य प्रतियोगिताहरु कमाई खाने धन्दाका रुपमा संचालन भईरहका छन् । आयोजकले प्रतियोगीहरुलाई नै टिकट बेच्न लाउने, टिकट बेचे बापत भोट पाउने, प्रतियोगिता अन्तिम चरणमा पुग्न लाग्दा पुरस्कारको घोषणा गर्ने लगायत अन्य विकृतीहरु यस क्षेत्रमा मौलाउदै गएका छन् । एकपछि अर्को गर्दै विभिन्न स्थानहरुमा प्रतियोगिताहरु आयोजना गर्दै आएका यस्ता आयोजकले विजेता घोषणा गरेसँगै उपाधि जित्न सफल प्रतियोगी पनि गुमनाम भएका छन् । यस्ता विकृतीलाई समाजका अगुवाहरु मिलेर जरौबाट उखेल्नु जरुरी छ । कम्तीमा यस्ता प्रतियोगिताबाट विजेत बन्न सफल प्रतियोगिले भविष्यमा विभिन्न अवसरहरु पाउनु पर्दछ, जसका लागी आयोजकले महत्वपूर्ण भूमीका खेल्नु पर्दछ ।

     



    ५ कृष्ण उदासी, साहित्यकार

    यस्ता प्रतिभा प्रस्फुटन गराउने कार्यक्रम गर्नु नराम्रो होइन तर अचेल यस्ता कार्यक्रमहरु फेसनको रुपका प्रयोग भएको पाइन्छ । यस्ता कार्यक्रम आयोजना गर्याे, स्पारो एसएमएस मार्फत पनि रकम अशुल्यो अनि प्रतिस्पर्धिका अभिभावकलाई समेत मनोवैज्ञानिक दवाद सिर्जना गरेर त्यहाँबाट पनि पैसा अशुल्ने गरेको पनि पाइएको छ । त्यसैले यस्ता ठगीका कार्यक्रमहरु संचालन नगरेकै राम्रो । यहाँ खासै कुनै पनि प्रतिस्पर्धा स्वतःस्फुर्त निर्णय गरिएको पाइदैन ।



    ६ राजु लामा, भिजन फाउन्डेशन उर्लाबारी, अध्यक्ष

    सौन्दर्य प्रतियोगिता आयोजना हुनु एकदमै राम्रो काम हो तर यसका नाममा हुने विकृतीले यतिबेला समाजमा नकारात्मक असर पार्दे गएको छ । नामको मात्र विभिन्न उपाधीहरु जितेका प्रतियोगी गुमनाम प्राय बन्दै गएका छन् । वर्षेनी हुदै आएका यस किसिमका प्रतियोगीताहरुबाट विजेता बनेका प्रतियोगी यतिबेला कहाँ के गर्दैछन् भन्ने विषय मुख्य बनेको छ । कुनै पनि प्रतियोगिताको आयोजकले उपाधि भिराएर प्रतियोगीलाई अलपत्र पार्नु गलत हो । विजेता घोषणा गरेसँगै आयोजकले भविष्यसम्म उसको सफलताहरुमा मार्गदशकको भुमीका निर्वाह गर्न सक्नुपर्दछ न की केही नाफा कमाएर अलपत्र बनाएर छोड्न ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…