झापा । झापाको बिर्तामोड नगरपालिका १० सैनिक बजारमा आफ्नै घाँटी रेटेर १ जना बृद्धाले आत्महत्या गरेकी छिन् ।
आईतबार साँझ साढे ७ बजेको समयमा बर्ष ७१ की रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर गम्भीर घाईते भएकी थिईन् । घाईते उनलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड र्पुयाउनासाथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।