बहुत संघर्ष । पाँच—छ घण्टासम्म साइकल पेल्नु पथ्र्यो । टाढाटाढाबाट संकलन गरेर ल्याएको सामाग्री हातले लेख्न दुई घण्टासम्म लाथ्यो । लेखि सकेर फ्याक्स गर्दागर्दै लाइन गएर समाचार पठाउन पाइन्न थ्यो । भोलीपल्ट त्यो सन्दर्भ पुरानो भइसक्थ्यो । त्यसबेला बहुत दुःख लाग्थ्यो । यसरी महिनौ काम गर्दापनि पारिश्रमिक अत्यन्त कम हुन्थ्यो ।
तपाई कहाँ जन्मीनुुभयो ?
—खोटाङको छोरोम्बु—३, रोबोलुङ (हाल दिप्रुङ गापा—३)
कस्तो परिवारमा ?
—मध्यम ।
बाल्यकाल कसरी बित्यो ?
—बहुत संघर्षमय ।
पत्रकारितामा कसरी आउनुभयो ?
—मनको भावना पोख्नको लागि लेख्ने प्रयास गरिन्थ्यो । अहिले हतारको साहित्य(समाचार) लेखन(पत्रकारिता), सामाजिक, राजनीतिक फिल्डमा अलिक बढी परिचय बनेको छ ।
पत्रकार बाहेक अरु के बन्ने सपना थियो की ?
—व्यवसाहिक लेखक र जनताको सेवा गर्ने फिल्ड नै मनपर्छ । जुन सपना पुरा भएको छैन् ।
कसैले हो या आफै आउनुुभयो ?
—परिस्थितिसँग जुद्ने क्रममा पत्रकार भइयो । अँ आफै भन्नुपर्ला । तिमि यो फिल्डमा लाग्नुपर्छ भन्ने स्पेसल केही थिएन ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
—बहुत संघर्ष । पाँच—छ घण्टासम्म साइकल पेल्नु पथ्र्यो । टाढाटाढाबाट संकलन गरेर ल्याएको सामाग्री हातले लेख्न दुई घण्टासम्म लाथ्यो । लेखि सकेर फ्याक्स गर्दागर्दै लाइन गएर समाचार पठाउन पाइन्न थ्यो । भोलीपल्ट त्यो सन्दर्भ पुरानो भइसक्थ्यो । त्यसबेला बहुत दुःख लाग्थ्यो । यसरी महिनौ काम गर्दापनि पारिश्रमिक अत्यन्त कम हुन्थ्यो ।
आफ्नै नजरमा अर्जुन जम्नेली के हो र कोहो ?
—जम्नेली जन सेवक हो । कलम र सामाजिक संस्थाहरु मार्फत पाठक तथा जनताको सेवा गर्न रुचाउने सेवक हो ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
—कतिको सफल भइने हो । लेखककै रुपमा चिनाउन प्रयास गर्नेछु ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
—हरेक बस्तुलाई सकारात्मक कोणबाट हेर्ने प्रयास गर्छु । कसेसम्म सवै पक्षसँग मिलेर अघि बढौ भन्ने लाग्छ ।
अनि कमजोर पक्ष चहि नी ?
—अलिबढी भावनात्मक छु । उदारवादी कमजोरी बढीहुन्छ । बढी उदारताले कहिलेकाही अफु सम्बद्ध संगठन र अन्य सदस्यहरुलाई असर पर्दोरहेछ । कुनैपनि बिषयमा कठोर बन्न हतपत सक्दिन ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
—उस्ले गर्ने व्यवहारमा नापेपछि, धारणा बन्छ ।
तपाईको आफ्नो स्वभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
—भावनात्मक पक्ष बढी हामी हुन्छ ।
तपाईलाई कति खेर रिस उठ्छ ?
—आफूले सोचे जस्तो सहकर्मीले काम गरिदिएन भने ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
—विछोडिएको दृश्यले भावुक बनाउछ ।
तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
—सचेत गराउदा गराउदै कसैले गलत कुरालाई जोड दिइरह्यो भने बढी उत्तेजित हुन्छु ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
—बहुत ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
—उदेश्य प्राप्तिको बेला । यो प्राय दुर्लभ हुन्छ ।
तपाईका सुख र दुःखहरु के हुन् ?
—सुख, दुःख जीवनको साथी हो । भौतिक हिसावले जन्मदेखि मृत्युसम्म नेपालीहरु दुःखे दुःख हुन्छौ । विचार र भावनाको हिसावले सुख, दुःख भनेको मन हो । झुप्रोमा बसेरपनि रमाइलोसँग जीवन विताउन सकिन्छ । मलाई सुख र दुःखले खासै असर पार्दैन ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
—आमालाई गुमाएको दिन । जनबेला हामी टिन एजमा थियौं ।
अनि खुसीको क्षण चहि नी ?
— सानातिना, दुःख र सुखलाई महत्व नदिइने भएकोले खासै सम्झना छैन ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
—प्रविणता तह अध्ययनको क्रममा परेको आर्थिक संकट ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
—जेठा दाजु मेघराजबाट ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
—नेपाली समाजको सेवा गर्ने । आर्थिक संकट जेलेर भएपनि विदेशी भूमिमा पसिना नबगाउने । नेपाली भूमिलाई नै उर्वर बनाउन कोशिस गरिरहने ।
अनि गलत चहि नी ?
—आर्थिक उपार्जनमा नलाग्नु ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
—चानचुने कुरामै जीवन वित्छ कि क्याहो ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
—भाई कान्छाको देहान्त हुदा ।
तपाईलाई कस्तो मान्छे मन पर्छ ?
—तर्कसंगत विचार राख्ने र मिलनसार । अरुको नकारात्मक कुरा नसुनाउने ।
अनि कस्तो मन पर्दैन ?
—अध्ययन कम गर्ने । सुनेको भरमा गफ छाँट्ने र जित्न खोज्ने मान्छे ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
—सकेसम्म पढ्ने र साथीहरु मिलेमा घुम्न जाने ।
लेखन बाहेक तपाईको रुचीको क्षेत्र ?
—राजनीति ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
—राजन मुकारुङको हेच्छाकुप्पा
अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
—सात सालको क्रान्ति नायक ‘जननायक रामप्रसाद राई’ सकेर ‘माओका दुर्लभ रचनाहरु’ पढ्दैछु ।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
—सरोजराज अधिकारीको ‘चक्रब्युहमा चन्द्रसुर्य’ तारा राईको ‘छापामार युवतीको डायरी’ लगायत थुप्रै ।
मनपर्ने गायक–गायिका ?
—राजेशपायल राई र कुन्ति मोक्तान ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
—रामबहादुर थापा (वादल) ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
—विश्वको शक्तिसाली साम्राज्यवादी मुलुकहरुलाई युद्धद्वारा धुलो चटाउने भियतनामी स्टार हो चि मिन्ह ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
—नेत्रविक्रम चन्द(विप्लप) को गतिशिलता ।
यो समाजप्रति केही गुनासो छ की ?
— केही नयाँ कुरा आयो भने आफै अध्ययन नगरी धारना वनाएर समर्थन र विरोधमा लाग्ने समाज परिवर्तन हुनुपर्छ ।
जीवन के रहेछ ?
—सुःख र दुःखको संयोग ।
बाँकी योजना र सपना कस्ता छन् ?
—नेपाली समाजको विकासमा जोड दिइरहेने । नेपाललाई बास्तविक परिवर्तनको अनुभूति दिलाउन प्रयास गरिरहने ।
पत्रकारितामा लागेर के पाउनुभयो ?
—समाजमा परिचय गरायो ।
अनि के गुमाउनु भयो ?
—पत्रकारिता सबैथोक भनेर उर्वर जीवन व्यतित गर्दा आर्थिक पक्ष कमजोर बनाइयो ।
पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
—मिडिया हाउसहरुले उद्योगको रुप लिन जरुरी छ । सरकारले त्यसतर्फ पहल र प्रोत्साहन गर्नुपर्छ । अहिलेसम्म सीमित संख्यामा मात्र पत्रकारिताबाट जहानछोराछोरी पालेका छन् ।
नयाँलाई के सुझाप दिनुहुन्छ ?
—मिडिया बुझेर मात्र पेशा अपनाउनुस । नबुझि लाग्दा उर्वर समय खेर जान सक्छ ।