• बहुत संघर्ष । पाँच—छ घण्टासम्म साइकल पेल्नु पथ्र्यो । टाढाटाढाबाट संकलन गरेर ल्याएको सामाग्री हातले लेख्न दुई घण्टासम्म लाथ्यो । लेखि सकेर फ्याक्स गर्दागर्दै लाइन गएर समाचार पठाउन पाइन्न थ्यो । भोलीपल्ट त्यो सन्दर्भ पुरानो भइसक्थ्यो । त्यसबेला बहुत दुःख लाग्थ्यो । यसरी महिनौ काम गर्दापनि पारिश्रमिक अत्यन्त कम हुन्थ्यो ।

     तपाई कहाँ जन्मीनुुभयो ?
    —खोटाङको छोरोम्बु—३, रोबोलुङ (हाल दिप्रुङ गापा—३)

     कस्तो परिवारमा ?
    —मध्यम ।

     बाल्यकाल कसरी बित्यो ?
    —बहुत संघर्षमय ।

     पत्रकारितामा कसरी आउनुभयो ?
    —मनको भावना पोख्नको लागि लेख्ने  प्रयास गरिन्थ्यो । अहिले  हतारको साहित्य(समाचार) लेखन(पत्रकारिता), सामाजिक, राजनीतिक फिल्डमा अलिक बढी परिचय बनेको छ ।

     पत्रकार बाहेक अरु के बन्ने सपना थियो की ?
    —व्यवसाहिक लेखक र जनताको सेवा गर्ने फिल्ड नै मनपर्छ । जुन सपना पुरा भएको छैन् ।

     कसैले हो या आफै आउनुुभयो ?
    —परिस्थितिसँग जुद्ने क्रममा पत्रकार भइयो । अँ आफै भन्नुपर्ला । तिमि यो फिल्डमा लाग्नुपर्छ भन्ने स्पेसल केही थिएन ।

     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    —बहुत संघर्ष । पाँच—छ घण्टासम्म साइकल पेल्नु पथ्र्यो । टाढाटाढाबाट संकलन गरेर ल्याएको सामाग्री हातले लेख्न दुई घण्टासम्म लाथ्यो । लेखि सकेर फ्याक्स गर्दागर्दै लाइन गएर समाचार पठाउन पाइन्न थ्यो । भोलीपल्ट त्यो सन्दर्भ पुरानो भइसक्थ्यो । त्यसबेला बहुत दुःख लाग्थ्यो । यसरी महिनौ काम गर्दापनि पारिश्रमिक अत्यन्त कम हुन्थ्यो ।

     आफ्नै नजरमा अर्जुन जम्नेली के हो र कोहो ?
    —जम्नेली जन सेवक हो । कलम र सामाजिक संस्थाहरु मार्फत पाठक तथा जनताको सेवा गर्न रुचाउने सेवक हो ।

     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
    —कतिको सफल भइने हो । लेखककै रुपमा चिनाउन प्रयास गर्नेछु ।

     आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
    —हरेक बस्तुलाई सकारात्मक कोणबाट हेर्ने प्रयास गर्छु । कसेसम्म सवै पक्षसँग मिलेर अघि बढौ भन्ने लाग्छ ।

     अनि कमजोर पक्ष चहि नी ?
    —अलिबढी भावनात्मक छु । उदारवादी कमजोरी बढीहुन्छ । बढी उदारताले कहिलेकाही अफु सम्बद्ध संगठन र अन्य सदस्यहरुलाई असर पर्दोरहेछ । कुनैपनि बिषयमा कठोर बन्न हतपत सक्दिन ।

     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    —उस्ले गर्ने व्यवहारमा नापेपछि, धारणा बन्छ ।



     तपाईको आफ्नो स्वभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
    —भावनात्मक पक्ष बढी हामी हुन्छ ।

     तपाईलाई कति खेर रिस उठ्छ ?
    —आफूले सोचे जस्तो सहकर्मीले काम गरिदिएन भने ।

     अनि कतिखेर भावुक हुनहुन्छ ?
    —विछोडिएको दृश्यले भावुक बनाउछ ।

     तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
    —सचेत गराउदा गराउदै कसैले गलत कुरालाई जोड दिइरह्यो भने बढी उत्तेजित हुन्छु ।

     तपाई कतिको संयमित हुनुहुन्छ ?
    —बहुत ।

     अनि कतिखेर खुुसी हुनुहुन्छ ?
    —उदेश्य प्राप्तिको बेला । यो प्राय दुर्लभ हुन्छ ।



     तपाईका सुख र दुःखहरु के हुन् ?
    —सुख, दुःख जीवनको साथी हो । भौतिक हिसावले जन्मदेखि मृत्युसम्म नेपालीहरु दुःखे दुःख हुन्छौ । विचार र भावनाको हिसावले सुख, दुःख भनेको मन हो । झुप्रोमा बसेरपनि रमाइलोसँग जीवन विताउन सकिन्छ । मलाई सुख र दुःखले खासै असर पार्दैन ।

     तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
    —आमालाई गुमाएको दिन । जनबेला हामी टिन एजमा थियौं ।

     अनि खुसीको क्षण चहि नी ?
    — सानातिना, दुःख र सुखलाई महत्व नदिइने भएकोले खासै सम्झना छैन ।

     तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
    —प्रविणता तह अध्ययनको क्रममा परेको आर्थिक संकट ।

     त्यसलाई के को बलमा पार गर्नुभयो ?
    —जेठा दाजु मेघराजबाट ।

     अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
    —नेपाली समाजको सेवा गर्ने । आर्थिक संकट जेलेर भएपनि विदेशी भूमिमा पसिना नबगाउने । नेपाली भूमिलाई नै उर्वर बनाउन कोशिस गरिरहने ।

     अनि गलत चहि नी ?
    —आर्थिक उपार्जनमा नलाग्नु ।

     सबैभन्दा पछुुतो लागेको क्षण ?
    —चानचुने कुरामै जीवन वित्छ कि क्याहो ।

     अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
    —भाई कान्छाको देहान्त हुदा ।

     तपाईलाई कस्तो मान्छे मन पर्छ ?
    —तर्कसंगत विचार राख्ने र मिलनसार । अरुको नकारात्मक कुरा नसुनाउने ।

     अनि कस्तो मन पर्दैन ?
    —अध्ययन कम गर्ने । सुनेको भरमा गफ छाँट्ने र जित्न खोज्ने मान्छे ।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    —सकेसम्म पढ्ने र साथीहरु मिलेमा घुम्न जाने ।

     लेखन बाहेक तपाईको रुचीको क्षेत्र ?
    —राजनीति ।



     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    —राजन मुकारुङको हेच्छाकुप्पा

     अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
    —सात सालको क्रान्ति नायक ‘जननायक रामप्रसाद राई’ सकेर ‘माओका दुर्लभ रचनाहरु’ पढ्दैछु ।

     दोहोराएर पढ्नुु भएको पुुस्तक ?
    —सरोजराज अधिकारीको ‘चक्रब्युहमा चन्द्रसुर्य’ तारा राईको ‘छापामार युवतीको डायरी’ लगायत थुप्रै ।

     मनपर्ने गायक–गायिका ?
    —राजेशपायल राई र कुन्ति मोक्तान ।

     तपाईलाई मनपर्ने नेपालका नेता ?
    —रामबहादुर थापा (वादल) ।

     अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
    —विश्वको शक्तिसाली साम्राज्यवादी मुलुकहरुलाई युद्धद्वारा धुलो चटाउने भियतनामी स्टार हो चि मिन्ह ।

     नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
    —नेत्रविक्रम चन्द(विप्लप) को गतिशिलता ।

     यो समाजप्रति केही गुनासो छ की ?
    — केही नयाँ कुरा आयो भने आफै अध्ययन नगरी धारना वनाएर समर्थन र विरोधमा लाग्ने समाज परिवर्तन हुनुपर्छ ।

     जीवन के रहेछ ?
    —सुःख र दुःखको संयोग ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    —नेपाली समाजको विकासमा जोड दिइरहेने । नेपाललाई बास्तविक परिवर्तनको अनुभूति दिलाउन प्रयास गरिरहने ।

     पत्रकारितामा लागेर के पाउनुभयो ?
    —समाजमा परिचय गरायो ।

     अनि के गुमाउनु भयो ?
    —पत्रकारिता सबैथोक भनेर उर्वर जीवन व्यतित गर्दा आर्थिक पक्ष कमजोर बनाइयो ।

     पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
    —मिडिया हाउसहरुले उद्योगको रुप लिन जरुरी छ । सरकारले त्यसतर्फ पहल र प्रोत्साहन गर्नुपर्छ । अहिलेसम्म सीमित संख्यामा मात्र पत्रकारिताबाट जहानछोराछोरी पालेका छन् ।

     नयाँलाई के सुझाप दिनुहुन्छ ?
    —मिडिया बुझेर मात्र पेशा अपनाउनुस । नबुझि लाग्दा उर्वर समय खेर जान सक्छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…