राजसंस्थाविना राष्ट्रिय एकता कल्पना पनि गर्न सकिन्नः डा. लोहनी

१८ साउन, जनकपुरधाम । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि मुलुकभर अभियान चलाउने घोषणा गरेका छन् । उनले नेपालमा अहिले पनि राजसंस्था आवश्यक रहेको बताए ।
विश्वकै एकमात्र हिन्दु राष्ट्र नेपाललाई संविधानबाट हटाउन जनताले कहिलै जनादेश नदिएको भन्दै उनले हिन्दु राष्ट्रका लागि साथ दिन सबैलाई आग्रहसमेत गरे ।जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले जनभावना विपरीत धर्मनिरपेक्षताको निर्णय गरिएको दाबी गर्दै निर्णय सच्याउन देशभर दवाव सिर्जना गर्ने बताए । तर कहिलेदेखि अभियान सुरु हुन्छ भनेर उनले खुलाएनन् ।
मुलुकमा अहिलेपनि राजसंस्था आवश्यक रहेको बताउँदै उनले भने, ‘नेपालको एकताको लागि राजसंस्थाको आवश्यकता छ । राजसंस्था बिना राष्ट्रिय एकताको कल्पना समेत गर्न सकिँदैन ।