• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरूले समाचारमा सम्बोधन गर्ने भाषाप्रति यसअघि पनि असन्तुष्टि जनाएका थिए । उनले यस पटक पनि त्यस्तै असन्तुष्टि जनाएका छन् ।

    मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरूले तपाई नभनी तिमी भन्ने गरेको भन्दै रोष प्रकट गरेका हुन् ।

    सञ्चार माध्यमहरूले अंग्रेजीको सिको गरेको उनको आरोप छ । उनले यसले नेपाली संकारमाथी नै प्रहार भइरहेको टिप्पणी गरे । 'नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको छ', उनले भने ।

    हजुरभन्दा नेपालीको संस्कार झल्किने भएकाले कसैलाई हजुरभन्दा आफू अपमानित भएको नठान्न उनले आग्रह गरे ।

    ‘हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने गरिन्छ। सञ्चारमाध्यमहरुले हजुर भन्दाखेरी साह्रै सानो ठान्छन् । अंग्रेजीको कपि गरेर मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाईँ भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’ उनले भने ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…