काठमाडौं : लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको एक खेलमा पराजित भएको छ । कोपा रेल डेको क्वाटरफाइनलमा मेसीले पेनाल्टी मिस गर्दा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो ।
बार्सिलोना कोपा डेल रे मा गएको अगस्टपछि पहिलो पटक पराजित भएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा स्पानियोलका खेलाडीले सेर्गी रोबर्टोलाई फउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । तर, ६२ औँ मिनेटमा पाएको त्यो पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् ।
स्पानियोलका गोलरक्षक डिएगो लोपेजले मेस्सीको प्रहारलाई रोके । अग्रता लिने मौका गुमाएको बार्सिलोना ८८ औँ मिनेटमा स्पानियोलका ओस्कार मेलेन्डोले गोल गरेपछि पराजित हुन बाध्य भयो ।