• ४ माघ, काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछार पर्व माघ ४ मा नभएर फागुन ४ मा मनाईने बताएका छन् ।

    सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक १ महिनापछि फागुन ४ गते मात्रै ल्हो फेरिने भएकोले आज नमनाइने तामाङ समुदायका संघसंस्थाका अगुवाले जनाएका छन् ।

    सरकारले सार्वजनिक विदा आज दिएपनि ल्होछार भने योपटक मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसँगै परेकाले त्यसदिन मात्रै मान्ने उनले बताए । नेपाल तामाङ घेदुङलगायत विभिन्न १ सयभन्दा बढी संघसंस्थाले यसअघि नै सरकारले दिएको सार्वजनिक विदा सार्न अनुरोध गरेपनि त्यसको सुनुवाइ नहुनु दुःखद भन्दै एक महिनापछि मात्रै मनाउने जिकिर गरेका छन् ।

    हृ्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् ।

सम्वन्धित समाचार

भक्तपुर,  २७  साउन भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा …

खोटाङ,  २७ साउन  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सिद्धथान साम…

बैतडी, २६ साउन बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको क…

जुम्ला, २६ साउन  नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकाको विवाह गर…