• धनकुटा । राजधानीको माग गर्दै धनकुटामा भइरहेको आन्दोलन उत्कर्षमा पुगेको छ ।
    बिहीबार विहानैदेखि प्रदर्शनमा उत्रिएका धनकुटाबासीले एसपी सवार भएको प्रहरीको गाडी तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट कार्यालय प्रमुखको कार्यकक्ष जलेर सम्पुर्ण सामान नष्ट भएको बुझिएको छ ।
    त्यस्तै धरानबाट विरामी लिन भोजपुर जादै गरेको को २ च ४३२ नं. को एम्बुलेन्स नगरपालिका छेउमा आन्दोलनकारीले तोडफोड गरेका छन् । त्यस्तै गरी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पनि आन्दोलनकारीले तोडफोड गरेका छन् ।
    प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन भिमनारायण चोकमा आन्दोलनकारी माथि ५ सेल अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीकाे कुटपीटबाट नेपाली कांग्रेसका नेता तथा अासन्न स्थानीय तहकाे निर्वाचनमा मेयरका प्रत्यासी दिनेश रार्इ अाठपहरीया गम्भिर घाइते भएका छन् भने उनलार्इ उपचारकाे लागी धनकुटा अस्पताल लगिएकाे खबर प्राप्त भएकाे छ । त्यस्तै नाम नखुलेका एक प्रदर्शनकारी प्रहरीकाे लाठिचार्जबाट घाइते भइ अान्दाेलन स्थलमा ढलेकाे  खबर प्राप्त भएकाे छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…