• उर्लाबारी, माघ ५ । शुक्रबारबाट सुरु प्रथम उर्लाबारी मेयर कपमा सहभागी हुने वडा नम्बर ४ को टिमलाई ग्लोबल युवा क्लबले प्रायोजन गर्ने भएको छ । क्लबले आज आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका सचिब नेत्र आपागाईले प्रतियोगिता भरी वडाका खेलाडीहरुको सम्पुर्ण खर्च क्लबले गर्ने जानकारी गराएका थिए । क्लबले १ थान बल, १६ थान जर्सी , ग्लोब्स, र ट्राक गरेर २० हजार मुल्य बराबरको खेलकुद सामाग्री टिमलाई सहयोग गरेको छ ।

    उक्त सामाग्री उर्लाबारी नगरपालिकाका मेयर, वडा नम्बर ४ का वडा सदस्य डोमनाथ खतिवडा, क्लबका अध्यक्ष प्रेमबहादुर याख्खा लगायतले टिम क्याप्टेन सन्तोष चौधरीलाई हस्तान्तरण गरेका थिए । यस्तै वडा सदस्य डोमनाथ खतिवडाले ४ हजार बराबरको खेल सामाग्री सहयोग गरेका थिए भने क्लबको सल्लाहकार सुनिल बोहराले १ थान बल र सदस्य बिनोद दाहाल १ थान बल सहयोग गरेका थिए । क्लबले गरेको सहयोग उदाहरणीय कार्य रहेको र यस्ता कार्यलाई सबैले प्रेरणाको रूपमा लिनुपर्ने नगरपालिकाका मेयर खड्ग फागोले बताए ।


    टिममा गरीब तथा विपन्न वर्गका खेलाडीहरुको सहभागी रहेको र खेल सामाग्री जुटाउन नै समस्या भएको कारणले क्लबले टिमलाई प्रायोजन गरेको क्लबका अध्यक्ष प्रेमबहादुर याक्खाले बताए । कार्यक्रममा वडा नम्बर ४ का खेलाडीहरुलाई सार्वजनिक गरिएको थियो । कार्यक्रमको संचालन सचिब नेत्र आपागाईले गरेका थिए ।






     







सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …