• रबिन्द्र बराल

    रंगेली ,माेरङ माघ ५

    शुक्रबार माेरङकाे रंगेली नगरपालिका ७ मा २०६६ सालमा युवा हरुकाे सक्रितामा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिएको छ । अहिले तराई क्षेत्रमा अत्यधिक मात्रामा चिसो बडन थाले पछि सद्भाव चिसो काे समयमा बिधालय तिर केन्द्रित हुन थालेको भएको छ । उक्त संस्थाले सामुदायिक बिधालयमा गरिव तथा अार्थिक स्थित कमजाेर भएका सर्वसाधारण हरुकाे बालबालिका हरु अध्यन गर्ने भएको हुनाले सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रंगेली नगरपालिका ७ स्थित पव्लिक उच्च माध्यमिक बिधालयमम अध्यनरत कक्षा एक का ५० जना छात्र ,छात्रा हरुलाई शुक्रबार एक कार्यक्रम बिच सुईटर बितरण गरेको छ ।



    उक्त कार्यक्रमका बिधालय का प्रधानध्यापक बिरेन्द्र कुमार साह, व्यवस्थापन समितिका अध्यक्ष नेमानु माझी,अभिभावक ,शिकक हरुकाे उपस्थितिमा उक्त संस्थाले सुइटर बितरण गरेको हाे । कार्यक्रममा बाेल्दै सहकारी संस्था का अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुर ले भने यस बिधालय २००८ सालमा स्थपना काे र अाफुले समेत यसै बिधालय मा अध्यन गरेकाे र बिगतमा बिधालय निकै राम्रो रहेको र उक्त समयमा यस बिधालय मा अाफु दैनिकी ५ किलोमिटर टाढा बाट अाएर अध्यन गर्ने अाएकाे समेत स्मरण गरेका थिए । उनले भने अहिले हरेक ठाउँ हरुमा बिधालय स्थापना भएको र यस बिधालय ले कडा मेहनत गर्नु पर्ने सुझाव दिएका छन । सुईटर पाएपछि बालबालिका हरु अत्यधिक खुशी भएका छन । साे संस्थाले नियमित बिधालय अाउने बालबालिका लाई सुईटर बितरण गरेकाे संस्था का श्रि प्रसाद ठाकुरले बताए ।

सम्वन्धित समाचार

काठमाडौँ, २२ मङ्सिर   प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश…

विराटनगर, २१ मङ्सिर   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई मोरङले चालू आर्थ…

बलेवा, २१ मङ्सिर द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई …

रुपन्देही, २१ मङ्सिर  बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ । आधुनिक सपिङ कम्प्लेक्सक…