•  काठमाडौं, ५ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ‘गोप्य वार्ता भएको छ। अध्यक्ष ओलीको बालकोटस्थित निवासमा शुक्रवार भएको तीन घण्टा लामो भेटवार्तामा राष्ट्रियसभा गठन, प्रदेश सरकार निर्माण र पार्टी एकताका विषयमा छलफल भएको बताईएको छ। नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका ओली बिहीवार फर्केपछि राजनीतिक भेटवार्तामा लागेका हुन्।

    ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुई अध्यक्षबीचको वार्तामा एमाले नेता सुवास नेम्वाङ नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमति भएको छ । दुई वाम पार्टीबीच राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने सहमति भइसकेको छ । जसअनुसार एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिँदैछन् ।

    त्यस्तै, ७ वटा प्रदेशमध्ये ६ प्रदेशमा बहुमत पाएको वाम गठबन्धनले त्यहाँका मुख्यमन्त्री र प्रदेशसभा प्रमुख लगायतका पदसमेत निर्वाचनमा प्राप्त मत र योग्यता÷क्षमताका आधारमा बाँडफाँड गर्ने सहमति गरेका छन् ।

    त्यसैगरि, पार्टी एकताबारेमा दुई अध्यक्षबीच फेरि एकल वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठकले त्यसलाई अघि बढाउनेवारेमा छलफल भएको छ । त्यस अनुसार, भोलि शनिवार पुन दुई अध्यक्षबीच वार्ता हुने र त्यसपछि  आइतबार पार्टी एकता संयोजन समितिको बैठक   बस्नेछ ।

    त्यसबाहेक प्रदेशका अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेको बारेमा समेत उनीहरुबीच छलफल भएको छ । अहिले अस्थायी केन्द्रमात्र तोकिएको र प्रदेशसभाले स्थायी केन्द्रको निर्णय लिने भएकाले उक्त मुद्दालाई प्रदेशसभाले टुंग्याउनुपर्ने बारेमा दुई नेताबीच समझदारी भएको छ । त्यसैगरी प्रदेश प्रमुखको सन्दर्भमा भने उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताईएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…