१६-फाल्गुण-२०७६
नेपालमा वितेको ५ कारोबारी दिनमा २०० अंकले शेयर बढ्यो र कारोबार रकमपनि दैनिक ३ देखि ४ अर्ब सम्म भएको अवस्था तर
भारतीय सेयर बजारमा साताको अन्तिम दिन आज शुक्रबार कारोबार सुरु भएको ५ मिनेटमै ५ लाख करोड रुपैयाँको बजार स्वाहा भएको छ।
यो हप्ता बजार निरन्तर ओरालो लागेपछि १२ वर्षअघि सन २००८ कै विन्दुमा पुग्न लागेको छ।
विश्वभर कोरोना भाइरसको प्रभाव बढिरहेपछि त्यसको असर विश्वका ठूला सेयर बजारमा निरन्तर परिरहेको छ। अमेरिकी सेयर बजार खस्किनुका साथै विश्वभरका सेयर बजारहरुमा गिरावट देखिइरहेको छ।
त्यसैको प्रभाव भारतीय सेयर बजारमा समेत पर्दा बजारको पुँजीकरण १५० लाख करोड रूपैयाँभन्दा तल आइसकेको छ।
यो हप्ता मात्रै भारतीय सेयरबजारले १० लाख करोड रूपैयाँ गुमाइसकेको छ। रोयटर्सले पछिल्लो २४ घण्टामा थप १० देशमा कोरोना भाइरस पहिलोपटक देखिएको पुष्टि गरेको छ। यसमा अफ्रिकी महादेशको सर्वाधिक जनसंख्या भएको देश नाइजेरिया पनि समावेश छ।
सेन्सेक्सका सबै ३० वटा सेयर रातो भएका छन्। निफ्टिका ५० वटै सेयरले पनि कमजोर सुरुवात गरेका छन्। सेन्सेक्समा टाटा स्टिल र टेक महिन्द्राको बजार मूल्य ५।५ प्रतिशतले घटिसकेको छ। सबै क्षेत्रमा बिक्रीको चाप बढेको छ।
शुक्रबार भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले सर्वाधिक बिक्री चाप बढाएका छन्। पछिल्लो कारोबार दिनमा पनि विदेशी लगानीकर्ताले ३१२७ करोड रुपैयाँको सेयर बिक्री गरेका थिए।
आज भारतको शेयर घट्नुमा निम्न कारणहरु देखिएका छन्
१. कोरोना भाइरसको कहर
शेयरको भाउ घट्ने पहिलो कारणमा २४ घण्टको बीचमा १० नयाँ देशमा कोरोना भाइरस देखिनु । चीन र कोरियाको आर्थिक पुर्णरुपमा बिग्रिएको अवस्थामा हुनु । दक्षिण कोरियामा २२०० जनामा कोरो देखिनु । इरानमा पनि यसको प्रपो बढ्नु जस्ता कारणले कोरोनाको प्रभावले गर्दा भारतमा निरन्तर शेयर घटेको छ । तसर्थ भारतमा शेयर घट्नुमा बिश्लेषक हरु शेयर बजारलाई मुख्य दोषि मानेको अवस्था छ ।
२. अमेरिकी शेयरबजारमा भारी गिरावट
हिजो विहीबार अमेरिकी शेयर बाजार नराम्रो संग तल आएको छ । १९ फरवरी फरवरी पछि ५०० इंडेक्स १२ अंक तक घटेकबो छ ।, यो ६ हप्ता सम्मको सवैभन्दा कम गिरावट हो । डबजोन्सपनि ११२० अंकले घटेको ।
एशियाई बाजार मध्ये जापान को निक्केई ४ प्रतिशतले घटेको छ । यो २००८ पछिको सवैभन्दा बढी गिरावट हो । यसले पनि भारतीय बजारलाइ असर पारेको विश्लेषक बताउँदछन् ।
३. बिकास दरमा कमी
भारतको आर्थिक बृद्धिदरमा निरन्तर कमी आइ रहेको छ । यो आन्तरिक आर्थिक गिरावटको कारणले पनि भारतको शेयर बजारमा कमी आएको हो । अहिले भारतको आर्थिक बृद्धि दर ४.५ प्रतिशत रहेको बताइएको छ ।
४. विदेशी लगानीकर्ताले शेयर बेच्नु
पछिल्ला दिनमा भारतको शान्ती शुरक्षाको अवस्था र आर्थिक अवस्था बिग्रेको भनेर धेरै विदेशी लगानीकर्ताले त्यहाँको शेयर बेची रहेका छन् । विदेशीले ३१२७. ६ करोडको शेयर बेचेको हुनाले पनि भारतमा शेयर बेच्नते लाइन लागेको बताइन्छ ।
भारतका एक अर्थ बिश्लेषकका अनुसार अमेरिका लगायत विश्वको अवस्था नसुध्रिएसम्म भारतको शेयर बजार सुध्रिने आशा गर्नु बेकार छ । भनेका छन् ।
नेपालको बजेटमा १० प्रतिशत संकुचन र राजश्व ९५.५ प्रतिशत मात्र हुने अनुमान गरिएतापनि । आर्थिक बृद्धि दर घटाएका छैनन् । यो ८.५ प्रतिशत नै हुने अनुमान गरिएकोले पनि अर्थतन्त्रको बलियो पन देखेर नेपाली बजार बढी रहेको हुन सक्छ