चैत्र ३, उर्लाबारी/
मोरङ जिल्ला उर्लाबारी नगरपालिका अठियाबारी टोल बिकास समितिको पदाधिकारी निर्बाचनको सिलसिलामा उक्त टोलका गाउँ टोल समिती इन्चार्ज राम प्रसाद धिमाल लाई नियोजित रुपमा आक्रमण गर्ने धिमाल संघका केन्द्रिय महासचिब सुनिल धिमाल लाई आजैका मिति बाट आगामी २ बर्स सम्म कुनै समितिमा रहन नपाउने गरि सस्थाले निलम्बन गरेको छ ।
आक्रमण प्रती घोर भत्सना गर्दै उक्त घटना लाई उत्तेजित बनाउने मोरङ जिल्ला सदस्य धनराज धिमाल लाई पनि एक कार्यकाल सम्म सस्थाको कुनै पनि पदमा रहन नपाउने गरि कारबाही गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै सो घटनामा आक्रमण गर्ने सुनिल धिमाल लाई कानुनी कारबाहिका निमित्त प्रेस गरिएको श्री धिमाल जातिय बिकास केन्द्र केन्दृय समिती उर्लाबारि द्वारा जारि सस्थाका महा- सचिब केदार धिमाल र अध्यक्ष तेज बहादुर धिमाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।