• किसोर श्रेष्ठ

    उर्लाबारी, ८ माघ ।

    नेकपा एमाले मोरङमा सदैव चर्चामा रहने र आम कार्यकर्ता माझ लोकप्रिय एउटा नाम हो, मानबहादुर श्रेष्ठ । उर्लाबारी नगरपालिका वडा नम्बर ५ मा बस्दै आउनुभएका श्रेष्ठ निष्ठाको राजनीतिमा बिश्वास राख्ने नेताको रूपमा चिनिनुहुन्छ, जसले गर्दा पनि उहाँको लोकप्रियता पार्टी भित्र मात्रै नभएर आम सर्वसाधारण बीचमा पनि उत्तिकै मात्रामा रहेको पाइन्छ ।

    शालीन, शान्त अनि मिजासिलो स्वभावका श्रेष्ठ राजनीतिकर्मी मात्रै नभएर यस क्षेत्रको बिकास निर्माणका अभियान्ता समेत हुनुहुन्छ । क्षेत्रीय स्तरका बाटो घाटो निर्माण, बाध निर्माण, बिद्धुत बिस्तार, खानेपानी बिस्तार लगायतका बिकास निर्माणका क्षेत्रमा सदैव सक्रिय रहने श्रेष्ठको दैनिकी यहाँका जनताका समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने विकल्पका खोजीमा नै बित्ने गरेको पाइन्छ ।

    वि सं. २०२० सालमा धनकुटाको ६ नम्बर बुधबारेमा बुबा चन्द्र बहादुर श्रेष्ठ र आमा बुद्धमाया श्रेष्ठको साइलो सन्तानका रुपमा उहाँको जन्म भएको थियो । सानैदेखी मिलनसार स्वभावका श्रेष्ठले औपचारीक शिक्षा त्यस बेलाको टाँढी ४ डाङडुङेमा रहेको सरस्वती विद्यालयबाट सुरु गर्नूभएको थियो । सामान्य किसान परीवारमा जन्मनुभएका श्रेष्ठले आर्थिक अवस्था दयनिय भएकै कारण प्लस टुसम्मको मात्रै शिक्षा लिन सक्नुभयो । २०५१ साल जेठ ५ गते टाँढी ५ बस्ने विद्या चाम्लीङसँग उहाँको विवाह भएको थियो । उहाँहरुको दुई छोरीहरु छन् ।



    २०३७ साल भदौंमा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियू प्रवेश गरेसँगै राजनितिक यात्राको सुरुवात गनूभएका श्रेष्ठले त्यसयता पार्टीका महत्वपूर्ण पदहरुमा रहेर कुशलता पूर्वक कार्यसम्पादन गरिसक्नुभएको छ । अनेरास्ववियको विभिन्न पदहरुमा रहेर काम गरेका श्रेष्ठसँग मनोहर जनता मावि मधुमल्लाको प्राम्बिक कमिटीको अध्यक्ष, इलाम जिल्ला कमिटीको सचिवालय सदस्य, पंmुयतपा इलाको अध्यक्ष, मोरङ जिल्ला क्षेत्र नम्बर २ को संस्थापक अध्यक्ष, कोषी अञ्चल कमिटीको सचिवालय सदस्य जस्तो महोत्वपूर्ण पदहरुमा रहेर काम गरेको अनुभव छ । यसैगरी पार्टीको उर्लाबारी गाउँ कमिटीको उपसचिव, उर्लाबारी गाउँ कमिटीको ३ कार्यकाल सचिव र मोरङ जिल्ला कमिटीको सदस्य समेत रहिसक्नुभएका श्रेष्ठ मोरङ जिल्ला कमिटीको सचिवालय सदस्य समेत बनिसक्नुभएको छ । हाल उहाँ मोरङ जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।

    राजनितीज्ञसँगै सामाजिक छवि समेत बनाएका श्रेष्ठले आम जनताको आसा र भरोसालाई कहि कतै टसमस हुन दिनुभएको छैन् । जनहितका कामहरुमा सदैब सक्रिय यी नेताको दैनिकी नै जनताका समस्याहरुलाई कसरी समाधन गर्न सकिन्छ, भन्ने विषयमा केन्द्रित हुने गर्छन् । कहिले बाटो, त कहिले कुलो अनि कहिले बाध निर्माणमा उनले गरेको पहल यहाँका जनताका लागी सदैव स्मरर्णीय र उदारर्णीय छन् । जनताबाट प्रत्यक्ष निर्वाचीत जनप्रतिनिधीहरु भन्दा कम आशा र भरोषा राख्दैनन् यहाँका जनता श्रेष्ठबाट । त्यसैले त साह्रो गाह्रो पर्दा सहयोगको अपेक्षा सहित श्रेष्ठको शरणमा पुग्ने गर्छन् यहाँका जनता ।

    राजनितीसँगै सामाजिक गतिविधीहरुमा समेत सक्रिय श्रेष्ठकै नेतृत्वमा २०५७ साल जेठ ६ गतेदेखी जेठ ११ गतेसम्म उर्लाबारीमा सडक आन्दोलनको भएको थियो । ५ दिनसम्म चलेको आन्दोलन उर्लाबारीको इतिहासमा अहिलेसम्म कै ठूलो सडक आन्दोलनका रुपमा पनि हेरिन्छ । २०५६ साल भदौं ५ गते राती उर्लाबारीमा बाढी पसेपछि सम्बन्धित निकायसँग बाध निर्माणका लागी गरिएको बारम्बारको सम्झौता अनुरुप काम नभएपछि उक्त आन्दोलन गरिएको श्रेष्ठले सम्झनुभयो । आन्दोलनलाई असारसिंह लिम्बु, सुर्य गुरागाई, डम्बर गुरुङ, जिव प्रसाद कट्टेलले पनि नेतृत्व गर्नूभएको थियो । श्रेष्ठका अनुसार सडक आन्दोलनका क्रममा आन्दोलकारीमाथी प्रहरीले बासले हान्ने , बिराटनगर हिरासतमा लगेर थुन्ने गरेका थिए । झन्डै ५ हजारको हाराहारीमा जनसागर उर्लिएसँगै जेठ ११ गते राती १२ बजे आन्दोलकारी र सरकारबीच वार्ता भएको थियो । जसअनुसार टप्पुदेखी उर्लाबारीको मावा खोला पुल उत्तर तर्फकोे क्षेत्रमा वाध निर्माण गरिएको थियो । बाध निर्माण भएसँगै यहाँका वासिन्दाले खोलाको त्रासबाट मुक्ति पाएका थिए र अझै छन् । उर्लाबारी मधुमल्ला तोरीबारी सडकखण्ड पिच निर्माण कार्यमा सरकारलाई दबाब दिनकै लागी श्रेष्ठकै नेतृत्वमा दबाब तथा संर्घष समिती गठन गरिएको थियो । लामो समयको दबाबबाट सरकारले १६ करोड बजेट विनोजन गरेको थियो । यस किसिमका क्षेत्रीय स्तरका विभिन्न बिकास निर्माणका कार्यहरुमा नेतृत्वदायी भुमीका खेल्दै आएका श्रेष्ठले उर्लाबारी तोरीबारीबाट ताप्लेजुङसम्मकोे ट्राक खोल्न समेत पहल तथा दबाब समितीको नेतृत्व गरेका थिए । २०७२ साल असार १५ गते राती बक्राह खोलामा आएको बाढीका कारण सिंगो मधुमल्ला नै डुवानमा परेको थियो ।

    डुवानमा परेर केही मान्छले ज्यान समेत गुमाएका चौपायहरु समेत बगाएको थियो । त्यसबेला पनि मानबहादुर कै पहलमा श्रम शिविर चलाएर तत्कालका लागी अस्थायी बाध निर्माण गरिएको थियो । श्रम शिविरमा पथरी, लेटाङ, उर्लाबारी, राजघाट , मधुमल्लादेखी बिराटनगरसम्मका युवा तथा महिलाहरुको सहभागीता थियो । बक्रा नदी नियन्त्रण पहल तथा दवाव समितीको संयोजक रहेर श्रेष्ठले बाध निर्माणका लागी सरकारबाट बजेट विनोजन गर्न महोत्वपूण भूमिका निर्वाह गरेका थिए । निरन्तरको सर्घष र पहलबाट नै बाध निर्माणका लागी सरकारले २२ करोड विनोजन गरेको थियो । यतिबेला बाध निर्माणको कार्य भइरहेको छ । यसबाहेक चुलीपोखरी बाटो निर्माण, रमीते खोलामा विद्युत, खानेपानी विस्तार, कालिदहमा डिपबोरिङ, खाकरवारी लालमाटी खानेपानी आयोजना, लक्ष्मीझार खानेपानी आयोजना, सानो लावा खानेपानी आयोजना रमिते लगायतका आयोजनाहरुको निर्माणका लागी सरकारसँग बजेट विनोयजन गर्ने कार्यमा श्रेष्ठले नै महत्पूर्ण भूमीका खेल्नुभएको थियो ।

    यस क्षेत्रका विकास निर्माण र सामाजिक कार्यहरुमा अनगिन्ती व्यक्तिगत सहयोगहरु समेत गर्नूभएको छ । उर्लाबारी १ मा रहेको भ्याल बन्धु उत्थान प्रतिष्ठान केन्द्रीय समिती, परोपकार संस्थाको भवन निर्माण, चुलीको बाटो ट्रयाक खोल्न, उर्लाबारी ३ मा रहेको महारुद्र शिवालय मन्दिर लगायतलाई आर्थिक सहयोग गरेका छन् । सामाजिक क्षेत्रमा यस बाहेक श्रेष्ठले अन्य थुप्रै आर्थिक तथा भौतिक सहयोगहरु पनि गरिसक्नुभएको छ ।

    अक्सर निर्वाचनको समय पार्टीका तर्फबाट उम्मेदवारका रुपमा उहाँको चर्चा हुने भएता पनि अन्त्यमा टिकट भने अरुले नै पाउने गरेका छन् । भख्खरै समप्न प्रदेश सभा र प्रतिनीधि सभा होस् या त स्थानीय तहको निर्वाचन नै उहाँको चर्चा शिखरमा थियो तर अन्तिम समयमा आएर पार्टी भित्रको गुठ उपगुठ र बाम गठबन्धनका कारण अरुले नै टिकट हत्याएका थिए । टिकटका लागी कसैसँग चाकरी र च्याप्लेसी नगरेकै कारण निर्वाचनमा टिकट नपाएको तितो यर्थाथ उहाँले सुनाउनुभयो । आम जनताबाट सदैव सकारात्मक सल्लाह सुझाव पाइरहेको र उहाँहरुकै पहलले गर्दा मात्रै निर्वाचनमा उम्मेदवार बन्ने चाहाना राखेको पनि श्रेष्ठ बताउनुभयो । पछिल्लो समय प्रदेशसभा र प्रतिनिधीसभामा निर्वाचीत सासंदहरुलाई यहाँका समास्याहरु प्रभावित क्षेत्रमा नै पुगेर अवगत गराउँदै आउनुभएका श्रेष्ठ जनताको काम गर्न निर्वाचीत जनप्रतिनीधि नै हुनुपर्छ भन्ने नभएको धारण राख्नुहुन्छ । समाजका लागी केही योगदान गरौं भन्ने दरीलो इच्छा शक्ति, जोस जागर अनि समाजप्रति उत्तरदायी बने पुग्ने श्रेष्ठको धारण रहेको छ ।

    संसारकै सुन्दर देश हो नेपाल । हिमाल, पहाड र तराई भएको संसारभरि यस्तो सुन्दर देश कतै छैन । यहाँ प्राकृतिक स्रोत साधनको खानी छ । यसलाई सजाउने, बनाउने र व्यवस्थापन गर्न सके मात्र देशको अवस्थामा आमुल परिवर्तन आउने श्रेष्ठको धारण रहेको छ । जसका लागी स्थानीय स्तरदेखी केन्द्रीय स्तरका सबै नेताहरुले गम्भीर भएर सोच्नुपर्ने पनि श्रेष्ठले बताउँनुभयो । हिजोदेखि आजसम्म त्याग, समर्पण, निष्ठा र इमानदारीपूर्वक राजनीतिमा लागेकै कारण परिणामअनुसार आज यो हैसियतमा रहेको उहाँले बताउनुभयो । मैले जुन–जुन जिम्मेवारी पाएँ, इमानदारीपूर्वक गरेको छु । उहाँले भन्नुभयो, म कहींबाट क्रेन लगाइएर, कसैको दयामायाँमा च्यापिएर यहाँसम्म आएको होइन, जनताको मन जितेर उहाँहरुको आशा भरोषा भएर यो स्थानसम्म आएको हूँ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…