• विराटनगर/ रकम भुक्तानी गर्ने पक्ष अर्कै भएपछि विराटनगरमा भर्खरै सञ्चालनमा आएको एक अस्पतालले एकजना बिरामीको उपचार गरे वापत् कल्पना नै गर्न नसकिने रकम लिइएको छ ।

    विराटनगर महेन्द्र चोक नजिकै भर्खरै सञ्चालनमा आएको म्याक्स इन्टरनेशन अस्पतालमा घुँडामुनी नली खुट्टा भाँचिएर उपचार गराउन भर्ना गराइएका धनुषा सिंयाहीका शखीलाल महतोका पीडक पक्षसँग आवश्यक भन्दा धेरै रकम लिएको हो ।

    महतो गत मंसिरमा दुर्घटना परेपछि जनकपुरको एक अस्पताल हुँदै विराटनगरको न्यूरो अस्पतालमा भर्ना भएका थिए । न्यूरोमा अर्थोसर्जन विदामा बसेका कारण उनलाई काठमाडौंस्थित बिएण्डबी अस्पताल रेफर गरिएको थियो ।

    उनको रेफर भएपछि न्यूरो अस्पताल परिसरमै औषधी व्यवसाय गर्दै आएका एक व्यवसायीले म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा भर्ना हुन सल्लाह दिएका थिए । उनै औषधी व्यवसायीको सक्रियतामा भर्ना भएका महतोको म्याक्समा ५५ दिनको बसाईपछि घर फर्काइ भयो ।

    घाइते भएका महतोको खुट्टा बैशाखीको सहारामा टेक्ने अवस्थामा पुग्यो । घुँडामुनी नली खुट्टा तीन ठाउँ भाँचिएको थियो । उनको एक्स–रे रिपोर्टमा तीन ठाउँ भाँचिएको देखाइएको थियो । भाँचिएको ठाउँमा ५० हजार मुल्य बराबरको स्टील हड्डी लगाइएको छ ।

    अस्पताल प्रशासनले महतोको ६ ठाउँमा भाँचिएको र जटिल शल्याक्रिया भएको दावी गर्दै अस्पतालले अकल्पनीय सफलता हाँसिल गरेको निष्कर्षसहित उक्त विषयलाई पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ ।
    उपचारमा अर्थोसर्जन डा. संजयकुमार साह संलग्न चिकित्सकको टोलीले महतोको शल्यक्रिया गरेको थियो । अस्पतालले डिस्चार्ज गरेपछि घर जाने तरखरमा रहेका महतोले आफूलाई न्यूरोका औषधी व्यवसायीले भर्ना गराएको र अहिले खुट्टा राम्रै भएकोमा खुशी व्यक्त गरे ।

    तर, मुटु वा मस्तिष्क जस्ता संवेदनशील भागमा भएको शल्यक्रिया जत्तिकै घुँडामुनीको शल्यक्रियाको लागि पीडक पक्षले बेहोर्नु परेको खर्चको कहानी डरलाग्दो देखिएको छ । जम्मा ५० हजार रुपिँया बराबरको स्टिल लगाउनु परेको शल्यक्रिया गरे वापत ९ लाख ३४ हजार अस्पतालमा, अस्पतालकै मेडिकलमा ६ लाख र बाहिरबाट औषधी ल्याएको समेत ३ लाखसहित १८ लाख रुपैँया रकम तिराइएको रकम तिरेका निर्मल कपारले बताए ।

    अस्पतालका अध्यक्ष शत्रुघ्न यादव जटिल भएकाले धेरै खर्च लागेको बताउँछन् । अस्पतालका व्यवस्थापक निर्देशक हेमनारायण मेहता पनि जटिल भएकै कारण बढी रकम लागेको बताउँछन् । उपचारमा रकम तिर्ने पक्षले तीन दिनसम्म त्यत्रो रकम नतिर्ने अडान लिएपनि पछि तिराएरै छाडिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…