• विराटगर/ विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा १२ अध्ययनरत एक छात्राको रहस्यमय निधन भएको छ । गत माघ ४ गते विराटनगर–१० स्थित बिन्दबासिनी होस्टलको एउटा कोठामा मृत फेला परेकी छात्राको घटना बाहिर आएको छैन । घटनालाई गुपचुप पार्ने प्रयासमा प्रहरीमाथि दबाव सिर्जना गरिएको छ ।

    विज्ञान संकायमा अध्ययनरत सिराहाको भगवतीपुर चामाचुईया–१ घर भएकी छात्रा प्रियंका साह होस्टलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनीसहित अन्य दुईजना छात्रासमेत सँगै बस्दै आएका थिए । साथीहरू कलेज गएर फर्कंदा उनी झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

    मोरङ प्रहरीले घटनालाई त्यति महत्व दिएर नहेरेको उनका आफन्तले आरोप लगाएका छन् । पीडित परिवारले मृत्यु हुनुको कारण खोजी पाउँ भनेर जाहेरी दिएको छ । झुन्डिएको अवस्थामा फेला परेकी साहले लगाएको कपडामा रगत देखिएकाले घटना शंकास्पद भएको परिवारको भनाइ छ ।

    झन्डै सयजना विद्यार्थीहरु बस्दै आएको होस्टलमा यस अगाडिसमेत बारम्बार यौन हिंसालगायतका घटना हुँदै आएको बताइन्छ । चुस्त व्यवस्थापन भन्दै सञ्चालकले दावी गरेपनि साहको निधनपछि सञ्चालक लोकनाथ ढकालमाथिको अनुसन्धानमा प्रहरी दबावमा परेको बताइएको छ ।

    ढकालले आफ्नै घरमा होस्टल सञ्चालन गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले अनुसन्धानको प्रारम्भिक प्रक्रिया सुरु भएको बताए । प्रहरीले मृतक साहसँगै बस्दै आएका दुई छात्रासँग प्रारम्भिक बयान लिने भएको छ । प्रहरी निरीक्षक भण्डारीले पोष्टमार्टम रिपोर्ट हेरेपछि मात्र यसै कारणले मृत्यु भएको भन्न सकिने बताएका छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…