• ६० घर भत्काइयोः सशस्त्रले गर्भवतिलाई मरासन्न कुटेपछि (भिडियो)

    ६० घर भत्काइयोः सशस्त्रले गर्भवतिलाई मरासन्न कुटेपछि (भिडियो)

    उर्लाबारी÷स–शस्त्र प्रहरीले झापाको कमल गाउँपालिका वडा नं.५ नयाँ बस्तीमा वसोवास गर्ने ६० विपन्न परिवारको घर भत्काएको छ । सो स्थानमा १०÷१२ वर्षअघिदेखि वसोवास गर्दैआएका विपन्न परिवारको स–शस्त्र प्रहरीले घर भत्काएको हो । स–शस्त्र प्रहरी वल पाथिभरा तालिम केन्द्रले आफ्नो जग्गामा अनधिकृतरूपले मानव वस्ती वसेको र हट्न सूचना जारी गर्दा समेत अटेर गरेकाले वल प्रयोग गरेर हटाइएको बताएको छ ।

    सो स्थानका मानिसहरुले भने स–शस्त्र प्रहरीले जर्बजस्तीरूपले वल प्रयोग गरेर आफूहरुको घर भत्काएको आरोप लगाएका छन् । स–शस्त्र प्रहरीले घर भत्काउनेक्रममा एक गर्भवति महिलालाई कुटपिट समेत गरेको आरोप लगाएको छ । तर सशस्त्र प्रहरीले भने आफ्नो तालिम केन्द्रअन्तर्गत पर्ने जमिन खालि गराइएको र त्यसक्रममा कसैमाथि हातपात नगरिएको दाबी गरेको छ ।
    ११ वर्षदेखि त्यस स्थानमा घरखेत बनाएर वसोवास गर्दैआएका चन्दप्रसाद चापागाईले स–शस्त्र प्रहरीले आफ्नी गर्भवती श्रीमतिमाथि कुटपिट गरेको आरोप लगाए । ‘स–शस्त्र प्रहरी आएर एक्कासी हाम्रो घर भत्कायो, अरु हामीलाई केही थाह छैन’ उनले भने, ‘घर भत्काउनेक्रममा स–शस्त्र प्रहरीले मेरी गर्भवती श्रीमतीलाई लछारपछार समेत गरे ।’ चापागाईले आफूले भोगचलन गर्दैआएको घरखेत कुनै हालतमा नछाड्ने बताए ।

    https://www.youtube.com/watch?v=vvbI85COiOM

    सोही ठाउँमा वसोवास गर्ने रेजिना राईले आफू १२ वर्षअघि घरखेत बनाएर सपरिवार बस्दैआएको बताइन् । ‘तर १० दिनअघि एक्कासी स–शस्त्र प्रहरी आएर घर भत्कायो, खेतमा रोपेको तरकारी समेत उखेलेर फ्याँकिदियो’, उनले भनिन् ।
    आफ्नो जाने ठाउँ अन्त कतै नभएको बताउँदै उनले जनप्रतिनिधिहरुले समेत आफूहरुलाई वेवास्ता गरेको दुःखेसो पोखिन् । ‘चुनावको बेला नमस्ते गर्दै भोट माग्न आए, अहिले चिन्दिन भन्छन्’, उनले भनिन् ।

    सो स्थानमा बसोवास गर्ने अधिकांश परिवारलाई अन्यत्र घरखेत नभएकोले पुनर्वासको व्यवस्था नगरेसम्म कुनै हालतमा पनि नहट्ने बताएका छन् । उनीहरुले आफूहरुमाथि दमन गरिएको बताएका छन् ।


    तालिम केन्द्रका एसपी सुधिरजंग थापाले स–शस्त्र प्रहरी वल पाथिभरा तालिम केन्द्रको मातहतमा एक सय हेक्टर जमिन रहेको र सोही जग्गामा अनधिकृतरुपले निर्माण गरिएको ४२ घर भत्काइएको बताए । उनले रतुवामाई वृक्षारोपण आयोजनाले २०५८ सालमा स–शस्त्र प्रहरी पाथिभरा गणलाई सो जग्गाको भोगाधिकार दिएको बताए । अहिले स–शस्त्र प्रहरीलाई तालिम सञ्चालन गर्न जग्गा आवश्यक परेकोले आफ्नो भोगाधिकारभित्र पर्ने सो बस्ती हटाइएको बताए । बस्ती हटाउने क्रममा कसैलाई कुटपिट नगरिएको दाबी गर्दै एसपी थापाले भने, ‘एकजना गर्भवती महिला आएर स–शस्त्र प्रहरी माथि हात हाल्न जाइलागेकाले महिला प्रहरी लगाएर हामीले समस्या नियन्त्रणमा लिएका हौं, कुटपिट गरेका छैनौ ।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…