• काठमाडौँ – सोमबार नेपाल भ्रमणमा आएका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ  मगलबार दिनभर भेटवार्ता र विभिन्न कार्यक्रममा सहभागि भएका छन् ।  

     

     

    बिहान आयोजित एक  समारोहका बीच उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा वाङ याङले ९ तले वसन्तपुर दरबार संयुक्तरुपमा पुनःनिर्माणको शुभारम्भ गरे ।





    चीनले पाँच वर्षमा करिब रु १५ करोडको लागतमा नौतले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । 

    यस्तै आजै भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा उनी सहभागि भए भने सो क्रममा उनले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरे । 

    यस्तै उनको भ्रमणको अवसरमा  नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता पनि  भएका छन् । 

     

    दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्री गच्छदार र कृष्णबहादुर महरा एवं नेपालका लागि चीनका राजदूत यु होङको उपस्थितिमा दुवै देशका उच्च अधिकारीले ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।





    ती सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले हस्ताक्षर गरे ।

    यस्तै उनले माओवादी  केन्द्र, नेकपा एमाले लगायतका नेताहरुसँग भेटवार्ता गरे ।



























    यस्तै उनले बुधबार राष्ट्रपति विद्यादेवी शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बुधबार नै  प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि उनले  शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…