• काठमाडौँ, माघ ९ गते । काठमाडौँ चक्रपथ सुधार आयोजनाअन्तर्गत विस्तार भइरहेको कोटेश्वर–कलङ्की सडकखण्डमा आफूले गर्ने काम तोकिएको मितिभित्र सम्पन्न गर्न चिनियाँ पक्ष दिनरात खटिएको छ भने नेपाली पक्षले गर्ने कामका लागि न अन्तिम मिति तोकिएको छ न त काम गर्ने चटारो नै देखिएको छ ।

    नेपाली पक्षबाट हुने काम कहिले सम्पन्न हुन्छ, सम्बन्धित निकाय नै अन्योलमा छ । आयोजनाका प्रमुख इन्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार चीन सरकारको करिब पाँच अर्ब रुपियाँ अनुदान सहयोगमा विस्तार भइरहेको कोटेश्वरदेखि कलङ्कीसम्मको १० दशमलव ३९ किलोमिटर सडक आठ लेनको बन्दै छ । आयोेजना आगामी जुलाईभित्र सम्पन्न गरिसक्ने ‘डेडलाइन’ तोकिएको छ ।
    सडक विस्तारका क्रममा चीनको साङ्घाई ग्रुप कम्पनीले आठ लेनको सडकसहित कोटेश्वर, ग्वार्को र बागडोलमा पैदल यात्रुका लागि बाटो काट्ने पुल निर्माण गरिसकेको छ भने अन्य आठ स्थानमा नदीमाथि पुल निर्माण गरिसकेको छ । कलङ्कीमा ‘अन्डरपास’ निर्माणमा चिनियाँ कम्पनीले दिनरात कामदार खटाइरहेको छ । सडकमा ‘अन्डरपास’ निर्माण भइरहेको यो पहिलो हो ।
    शर्माका अनुसार यो अन्डरपासमा पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । कलङ्कीबाट बल्खुतर्फको काम सकिएको छ भने बालाजुतर्फ जाने सडकमा काम भइरहेको छ ।
    सडक विस्तार र कालोपत्रे गर्ने काम पनि करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ । सडकको आधार निर्माण गर्ने र निर्माणस्थलसम्म आवश्यक सामग्री पु¥याइसकिएकाले बाँकी करिब पाँच महिनामा सबै काम पूरा हुने इन्जिनियर शर्मा
    दाबी गर्नुहुन्छ । तर आयोजनाको सहमतिअनुसार नेपाली पक्षले बनाउने भनिएका छ स्थानका बाटो काट्ने पुल बनाउने काम लथालिङ्ग रहेको पाइन्छ ।
    शर्मा भन्नुहुन्छ, “कतै जगसम्म खनिएको छ, कतै खनिएका पुलका जग अलपत्र छोडिएको छ । त्यस्तै सडकका दुवै साइडमा बनाइने साइड लेनको काम पनि अलपत्र छ । ” साइडका घरटहरा भत्काइदिनुपर्ने निकायले नभत्काइदिँदा काम रोकिएको शर्माको भनाइ छ ।
    सातदोबाटो, महालक्ष्मी स्थान, थसिखेल क्षेत्रका केही घरटहरा अझै हटाउन बाँकी रहेको उहाँको भनाइ छ । सम्बन्धित निकायलाई दर्जनौँपटक आग्रह गरेर पत्र लेखे पनि काम नभएको उहाँको
    गुनासो छ ।
    मुख्य सडकसँगै सहायक सडकको निर्माण पनि अगाडि बढेमा मात्र स्थानीयवासीलगायत सबैलाई सहज हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “एक दुई व्यवसायी र व्यक्तिको स्वार्थका कारण विकासका कुनै पनि काममा अवरोध गरिनु हुन्न । ”गोरखापत्रमा समाचार छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…