• काठमाडौं । हरेक धर्ममा आत्महत्यालार्इ महापापको रुपमा लिने गरिन्छ । एक व्यक्ति आत्महत्या त्यतिबेला गर्छ । जतिबेला उ हर प्रकारले निराश हुनजान्छ । अथवा उ आफ्नो दिक्दार जिन्दगी भारी पर्न थाल्छ त्यसपछि नै मान्छे आत्महत्याको बाटो अपनाउँछ। आत्महत्या गर्ने बढी भन्दा बढी व्यक्ति आफ्नो वर्तमान जीवनको हर समस्यासँग हार मानिसकेका हुन्छन् । आत्महत्या गर्नेहरुले जिउनुको कुनै आधार नदेखेर त्यसको एउटै मुक्तिको बाटो जीवन त्याग गर्नुमा नै देखेपछि उ आत्महत्याको बाटोमा जान्छ ।

    तर सोचौं,कसैले आत्महत्या गरेपछि के हुन्छ ? शास्त्रका अनुसार आत्महत्या गर्नेहरु मृत्युपछि पनि दुख, निराशा तथा हताशाले भरिएको ठाउँमा नै पुग्नेछन् । यहाँको समस्यालार्इ चिर्न नसक्नेले आत्महत्या गरेपछि पनि आफ्नो समस्यालार्इ चिर्न नसक्ने शास्त्रमा उल्लेख गरिएको छ ।

    हामी सूर्यलार्इ चर अचर समस्त प्राणीको आत्माको रुपमा स्वीकार गरिएको छ । यो हिन्दू धर्ममा मात्रै नभएर सबै खालका धर्महरुले स्वीकारेको कुरा हो । सबै धर्मले मरेपछि आत्महत्या गर्ने मानिसहरु सूर्यको शरणमा पुग्ने विश्वास गर्छन् । वैदिक ग्रन्थमा आत्मघाती मनुष्यको बारेमा यस्तो लेखेको छ ।

    असूर्या नाम ते लोका अन्धेन तमसावृता |
    तास्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ||

    अर्थात “आत्मघाती मनुष्य मृत्युपछि अज्ञान तथा अन्धकारबाट परिपूर्ण, सूर्यको प्रकाशबाट हीन, असूर्य नामक लोकमा जानेछ” | सर्वसामान्य मानिस यसबाट अन्दाज लगाउन सकिन्छ कि जुन समस्यालार्इ लिएर कुनैपनि मनुष्य आत्महत्या गर्दछ त्यो समस्याको हल कहिलैपनि हुन सक्दैन । बरु स्वभाविक मृत्युमा त्यो समस्याको हल हुन सक्छ ।

    तर, आत्महत्यापछि यो अन्तहीन समस्याको सामना सधैंभरी गर्नु पर्छ किनकी यो एक नयाँ जीवन हुन्छ । आत्महत्या गर्नेहरुको जीवन समस्याले भरिएको अन्तहीन जीवन हो भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले जीवनमा अरु जे जस्तो गरेपनि आत्महत्या गर्ने सोचार्इ राख्नु सबैभन्दा मूर्ख्याइँ रहेको शास्त्रमा उल्लेख छ । हाम्राकुरा डटकमबाट

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…