• तेह्रथुम माघ ९ गते । फेदाप गाउँपालिकाको ओयाक्जुङ तेह्रथुममा रहेको सिद्धकाली माविलाई समाजसेबी देव बास्कोटाको संयोजनमा आफु लगायत परदेशमा रहेका पुर्व बिद्यार्थीहरुबाट सरस्वती मन्दिर स्थापना गरि हस्तान्तरण गरिएको छ । परदेशमा रहेर पनि बिद्यालयका पुर्व बिद्यार्थीरुलाइ आर्थिक संलकन गरि मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माणका लागी सो बिद्यालयमा अध्ययन गरि हाल बिदेशमा रहेका ३२ जना पुर्व बिद्यार्थीहरु बाट ६ लाख २४ हजार सात सय तिस रुपैया संकलन गरिएको मन्दिर निर्माण तथा मन्दिर व्यावस्थापन समितीका संयोजक हाल ईजराईलमा कार्यरत देव बास्कोटाले जानकारी दिए ।



    बिद्यालयको परिसरमा स्थापित मन्दिर गत सोमबार एक समारोहका बिच मुर्ति अनाबरण तथा उद्ध्घाटन गरिएको छ । मन्दिरको जिल्ला शिक्षा कार्यलयका प्रतिनिधी जलजले स्रोत केन्द्रका श्रोतव्यक्ति लक्ष्मी प्रसाद दुलालले उद्ध्घाटन गरे । श्रीपञ्चमीको अवशरमा आयोजित कार्यक्रमका बिच नव निर्मित भवन बिद्यालयलाई हस्तान्तरण समेत गरिएको बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष अम्बिका पसाद दुलालले बताए । उद्ध्घाटन समारोहमा व्यावस्थापन समितिका अध्यक्ष दुलाल , बिद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व गाबिस अध्यक्ष भैरब प्रसाद चौलागाई लगायतले मन्दिर निर्माणका लागि आर्थिक पहल गर्ने संयोजक बास्कोटा लगायत पुर्व बिद्यार्थीहरु प्रति आभार प्रकट गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्रोतव्यक्ति दुलालले पुर्व बिद्यार्थीहरुको कार्य उदाहरणिय भएको बताए । उनले मन्दिर निर्माणका लागी प्रवासमा रहेर पनि उपलब्ध सहयोग प्रति संयोजक बास्कोटा लगायतका बिद्यार्थीहरुलाई धन्यबाद दिए ।

    मन्दिर निर्माणका लागि बास्कोटाले मात्रै नगद ७० हजार सहयोग गरेका छन् । अन्य बिद्यार्गीहरुले १० हजार देखी ३३ हजार सम्म संकलन गरेको बिशेष सहयोगी तथा पुर्व बिद्यार्थी चेतनाथ सापकोटाले जानकारी दिए । कार्यक्रमको अवशरमा आर्थिक सहयोगदाताका अभिभाबकलाई प्रशंषापत्र तथा सम्मान पत्र समेत बिवरण गरिएको छ । मन्दिर उद्ध्घाटन तथा सरस्वती पुजा कार्यक्रममा मन्दिर निर्माण तथा व्यवस्थापन समितीका अध्यक्ष दुर्गा प्रसाद गिरी सह—संयोजक कृष्ण प्रसाद न्यौपाने पत्रकार बुद्धिजीवि बिधार्थी,पूर्वबिधार्थी अविभाभक लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम दुर्गा प्रसाद गिरिको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…