• हरि कोइराला
    कानेपोखरी(मोरङ)माघ ९ गते । मध्य मोरङ कानेपोखरी ६ सीताधापमा न विजुली पुगेको छ, न मोटरबाटो नै राम्रो छ । तर, त्यही भुगोलमा दुई जना युवा ब्यावसायिक माछापालन गरेर लाखौं रुपियाँ आम्दानी गर्ने सपना देखिरहनु भएको छ ।
    पूर्व पश्चिम राजमार्गको पथरी बजारबाट ६ किलोमिटर पश्चिम दक्षिणको सीताधापमा ब्यासायीहरू कमल हाङवाङ र बिकास राईले २०७२को बैशाखमा माछापालन ब्यावसाय सुरु गर्नु भएको हो । ४ जग्गामा ९ वटा पोखरीमा माछाका भुरा हालेर ब्यावसाय सुरु गर्नु भएका हाङवाङ र राई वार्षिक ३० टन माछा उत्पादन गरिहरनु भएको छ ।पोखरीमा हाल रहु ग्रासक्राप,तिलापीया,जलकपुर र नैनी जातका माछा रहेका छन् । सुगम जिल्लाको दुर्गम गाउँ भएपनि माछाको ब्यापार भने पोखरीबाटै हुने गरेको हाङवाङ बताउनु हुन्छ ।



    जिल्ला कृषि विकास कार्यालय मोरङबाट ६ लाख रुपियाँ अनुदान पाएपछि हाङवाङ र राईको जोडी ब्यावसायमा झनै हौसिएको छ । हाङवाङ भन्नुहुन्छ–‘स्थानीय उत्पादनको माग धान्नै गाह्रो छ । ब्यापारीलाई माछा बिक्री गर्ने दिन छिमेकीहरूले ५०÷६० केजी माछा किन्ने गरेको उहाँहरू बताउनु हुन्छ ।
    शान्त र सुन्दर वातावरण भएको सीताधाप क्षेत्रमा सडक र विजुली विस्तार गर्ने अभियानमा उहाँहरू आफै लाग्नु भएको छ । एक वर्ष भित्रमा सीताधापमा २० वटा ट्रष्ट निर्माण गरी सुविधा सम्पन्न होमस्टे सञ्चालन गर्ने ब्यावसायी हाङवाङको लक्ष्य छ । भन्नुहुन्छ–पोखरीको क्षेत्रफल बढाएर नौका बिहार सञ्चालन र बनभोज स्थल बनाइने छ । हाल ६ जनाले रोजगार पाइरहेको उक्त माछापालन ब्यावसायमा होमस्टे र बनभोज स्थल थपिएपछि २० जनाले रोजगार पाउने हाङवाङले सुनाउनु भयो ।



    काबेली एग्रो टुरिज्म नामको घरेलु उद्योगबाट सञ्चालित उक्त माछा फर्मले स्थानीय सीता खोला किनारमा ब्यावसायिक सीमसाग खेती समेत गरेको छ । डाँडामा १७० वोट कागती खेती लगाएको छ । हाङवाङ दाजु भाइले मोरङको उर्लाबारीमा २ करोडको लगानीमा होटल समेत सञ्चालनमा ल्याउनु भएको छ । उहाँहरू भन्नुहुन्छ–होटललाई खतप हुने माछामासु,दुध र तरकारी आफैं उत्पादन गर्ने लक्ष्य अन्तरगत हामीले कृषिमा ब्यावसायिकरण रोजेका हौं ।

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…