• काठमान्डाँै ।
    नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । लोक सस्कृतिलाई जर्गेना गर्ने सिलशिलामा रुपा थापा अधिकारी र गायिका जमुना आचार्यको ए कान्छा गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । जिवनको विभिन्न सधर्षबाट नयाँ पाठ सिक्दै सागिंतीक क्षेत्रमा प्रवेश गरेकी उनीहरु जिवनलाई एक नविन तरिकाबाट ब्यक्त गर्न चाहन्छन । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” मौलिक रुपमा तयार गरिएको छ । । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको भिडियोमा जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशक को रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन । उनले आफुमा भएको प्रतिभालाई ए कान्छा गीत मार्फत ब्यक्त गरेको बताइन । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ । ”ए कान्छा ” गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।
    ”ए कान्छा ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    https://www.youtube.com/watch?v=auPx4tXIIvE&feature=emb_title

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …