• युबराज रेग्मी चैत२१,गौरादह /

     

     

    झापा जिल्लाको गौरादह नगरपालिकामा स्थानीय सरकारले कोरोना महामारिको कहर बाट आक्रान्त भएका गरिब निमुखा जनताको दैनिकी गुजुरा लाई मध्य नजर गर्दै स्थापना गरिएको" प्रकोप ब्यबस्थापन कोष" बाट गरिब तथा अति बिपन्न परिवारलाई लक्ष्यित गरि बितरण गरिएको राहत कार्यक्रम प्रभावकारी नभएकाे मजदुर हरुले गुनासो गरेका छ्न ।

     

     

    जस अन्तरगत गाैरादह नगरपालिका वडा नं ७ काे पुरानाे ग्वालडुब्बाका बिपन्न घर परिवारका सदस्यहरुले आफुले राहत नपाएकाे गुनासाे गरेका छन। राहत बितरण गर्नका निमित्त गौरादह नगरपालिकाले नगर भित्रका वडा कार्यालय हरुलाई आ आफ्नो वडा बाट खाद्यान्न बितरण गर्न गरिब तथा बिपन्न घर परिवारकाे लगत संकलन गरि नगरपालिकामा पेस गर्न जानकारी गराएकाे थियाे।

    जस अन्तरगत सम्बन्धित वडा कार्यालयहरुले टाेल बिकास समितिहरु मार्फत नामावली संकलन गरि नगरपालिकामा बुझाएकाे थियाे।स्थानीय सरकारले बिपन्न परिवारलाई राहतकाे कार्यक्रम ल्याए पनि टाेल बिकास समितिले दैनिक ज्यालादारी गरि छाक टार्नेहरुकाे नाम छुटाएकाे मजदुरहरुले गुनासाे गरेका छन् । टाेल बिकास समितिले आफू निकटका बिपन्न मजदुरहरुकाे मात्र नाम सिफारिस गर्दा अन्य मजदुरहरु स्थानीय सरकारले बितरण गरेकाे राहतबाट आफु बन्चित भएकाे वडा नं ७ निवासी अमिन राजवंशीले बताए ।

     

    नगरपालिकाले ज्यालादारि गरि जीवन गुजारा गर्ने बिपन्न बर्गको नामावली उपलब्ध गराउन भने पनि सबै मजदुरहरुकाे नाम सिफारिस नगर्नु टाेल बिकास समितिकाे कमजोरी रहेकाे पुरानाे ग्वालडुब्बाका अर्का मजदुर जाेगेस माक्राले बताए । नगरपालिकाको वडा न ७ मा पर्ने पुरानाे ग्वालडुब्बामा आदिवासी समुदायहरु रहेकाे टाेलमा अधिकांस ज्यालादारी गर्नेहरुकाे बसाेबास रहेकाे छ। टाेल बिकास समितिले भने पुरानाे ग्वालडुब्बाबाट ५० घर परिवारकाे मात्र नाम पठाउदा अन्य मजदुरहरुकाे नाम छुटाएको मजदुरहरुले गुनासाे छ ।

     

    दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने मध्ये राहत पाउने र नपाउनेमा बिभाजित हुदा स्थानीय सरकारले राहत बितरणमा विभेद गरेकाे पुरानाे ग्वालडुब्बाका गठिया राजवंशी को गुनासो छ । काेराेना भाइरसकाे संक्रमणबाट सुरक्षित रहन नेपाल सरकारले लकडाउन गरि घरमा बस्न निर्देशन गरेपछि दैनिक ज्यालादारी गरि आफ्नो रोजि रोटि जोहो गर्ने मजदुरहरु समस्यामा परेका छन।गौरादह नगरपालिकाले नगर भित्र बिहान बेलुका छाक टार्न समस्या भएका गरिब

     

    दुःखीहरुकाे लगत संकलन गरि खाद्यान्न सामग्री बितरण गरिरहेकाे छ।पुरानाे ग्वालडुब्बा टाेल बिकास भित्र ज्यालादारी गर्नेहरुकाे संख्या बढी रहेकाले यश पटक ५० घर परिवारलाई मात्र राहत बितरण गरिएकोले सो वडा भित्र बसाेबस गर्ने मजदुर हरुलाई छाक टार्न समस्या भएमा ती मजदुरहरुकाे घर परिवारलाई वडाकाे बजेटबाट खाद्यान्न सामग्रीको ब्यबस्थापन गर्ने वडा अध्यक्ष बलराम खरेलले जानकारी गराए।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…