• काठमाडौं । सरकारी सेवा लिने क्रममा कुनै कर्मचारीले तपाईसँग घूस मागेका छन् ? यदि कुनै सरकारी अड्डाका कर्मचारीले सेवा प्रवाहमा अनेक बहाना बनाई घूस मागेर अनावश्यक दुःख दिइरहेको छन् भने तपाईले अब सीधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फोन गर्न सक्नुहुनेछ ।

    आफ्नो मोवाइल वा फोनबाटै १०७ अंक डायल गरेर अनियमितता गर्ने सरकारी कर्मचारीलाई उजुरी दिन सकिने व्यवस्था अख्तियारले थालेको छ । यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने अख्तियारले जनाएको छ ।

    सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले यस्तो व्यवस्था गरेको हो ।

    सरकारी निकायको भ्रष्टाचार र अनियमितताको छानविन गरी मुद्दा चलाउने संवैधानिक निकाय अख्तियारले सरकारी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन यस्तो सेवा सुरु गरेको जनाएको छ ।

    ‘सरकारी सेवामा हैरानी भोगेका सेवाग्राहीलाई कहाँ – कसरी उजुरी गर्ने भन्ने जानकारी नभएको देखियो,’ आयोगका प्रवक्ता जीवराज कोइरालाले भने, ‘हटलाइन सेवाले भ्रष्टाचार नियन्त्रण गर्न र सेवा प्रवाहमा जनताको हैरानीको समस्या न्यूनीकरण गर्ने अपेक्षा लिएका छौं ।’

    अब यातायात, श्रम र मालपोतमा अख्तियारको अड्डा

    त्यस्तै, अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ ।

    आयोगले शुक्रबारदेखि नै ‘राष्ट्रसेवक कर्मचारीहरूले घूस/रिसवत मागेमा १०७ मा फोन गर्नुहोला’ भन्ने व्यहोराको होडिङ बोर्ड सरकारी कार्यालयमा राख्ने तयारी गरेको जनाएको छ ।

    जसअन्तर्गत पहिलो चरणमा बढी भ्रष्टाचार हुने देखिएका स्थानमा यस्तो होडिङबोर्ड राखिने अख्तियारले बताएको छ ।

    ‘अहिले यातायात कार्यालय, श्रम कार्यालय र मालपोत तथा नापी कार्यालयमा यस्तो होडिङ बोर्ड राख्नेछौं,’ आयोगका प्रवक्ता कोइरालाले भने ।

    यस्तो बोर्ड सर्वसाधारणले देखिने स्थानमा कार्यालयको अगाडि राखिने आयोगले बताएको छ । पहिलो चरणको कार्यको प्रभावकारीता हेरेर यसलाई विस्तार गर्दै लाने आयोगले जनाएको छ ।

    आयोगका अनुसार हटलाइनबाट आएको सूचनाको तत्काल सम्बोधन गरिनेछ । एकपटकमा सात वटा फोनकल ‘रिसिभ’ गर्नसक्ने व्यवस्था मिलाइएको अख्तियारले जनाएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…