• ६ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले छिमेकी देश भारतले सीमा क्षेत्रमा एकतर्फी र अन्तर्राष्ट्रिय कानुन विपरित बनाएका बाँधहरु हटाउनु पर्ने बताएको छ । साथै भोलिबाट सुरु हुने भारत भ्रमणमा यसबारे कुराकानी गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ ।





    संसदको मंगलबारको समयमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणबारे प्रमुुख प्रपिपक्षीसँग छलफल नगर्नु र संसदलाई पनि कुनै जानकारी नगराउनु दुखद भएको बताएका छन् । उनले अरुलाई गन्न पर्दैन भन्ने भाव नराख्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

    हालै मात्र आएको बाढी तथा डुबानले तराई मधेसमा ठूलो क्षति पुर्‍याएको भन्दै उनले भने, ‘अन्तर्राष्ट्रिय कानुन विपरित र नेपालको समेत सहमति नलिएर एकलौटी ढंगले सीमानामा बाँध बाँधिएको छ । यसको समस्याको समाधानको प्रस्ताव के छ ? नेपाली जनता सुन्न चाहन्छ । तर सरकार बोलिरहेको छैन ।’पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संसदबाटै प्रधानमन्त्री देउवालाई आसन्न भारत भ्रमणमा उठाउनु पर्ने एजेण्डाहरुबारे सुझाव दिएका छन् ।

    ओलीले अघि भने, ‘म भन्न चाहन्छु, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुराकानी गर्नुपर्छ । नेपालको अहित हुने गरी एकतर्फी रुपमा बनेका बाँधहरु हटाउने कि नहटाउने प्रधानमन्त्रीले कुरा गर्नुपर्छ र त्यस्ता बाँधहरु हटाउनुपर्छ ।’



सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…