• खिम सुनार

    कुनै बेला माओबादीले संस्कृत पुस्तकलाई  बुर्जुवाँपाठ्यक्रमबाट हटाए पनि बाकी पुस्तक भने केहिँ हेरफेर भए होलान्,  शैक्षिक ज्ञान भने उहिँ छ, अझै भन्ने हो भने तुलानात्क रुपमा पहिलाको भन्दा निकै कमजोर छ।

     

    बुर्जुवा अर्थ नेपाली शब्दकोषमा भए अनुसार अनुदार (उदार नभएको, पुरातनपन्थी वा रुढिवादी) परम्परावादी र भक्तिभाव दर्शाउने पद्धतिको, शाब्दिक अर्थका हिसाबले बुर्जुवा एक । कम्युनिष्टहरुले आफुलाई समाजवाद, सर्वहारावादी भित्र राखेर चित्रण गर्ने गरेको हुँदा हरेक ठाऊमा बुर्जुवा शब्द प्रयोग गरेका होलान् । राजनीतिकर्मीहरूले पञ्चायत तथा त्यस अघिका शासन व्यवस्थाले अवलम्बन गरेका शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा भनेर संज्ञा दिए ।

     

    शाब्दिक अर्थका हिसाबले बुर्जुवा एक अनुदार एवं परम्परावादी र भक्तिभाव दर्शाउने पद्धतिको रूपमा लिन सकिन्छ । हुन पनि त्यतिबेलाको शिक्षा प्रणालीमा केही त्यस्ता पाठ्यक्रम थिए, जसले तत्कालीन शासन व्यवस्थाको पक्षपोषण गर्थे । कुनै पनि सार्वभौम मुलुकले अवलम्बन गर्ने शिक्षा प्रणाली त्यस देशको विशिष्ट परिस्थिति अनुकूल हुनुपर्छ । पञ्चायतका विरोधी शक्तिहरू खासगरी वामपन्थीहरूले संस्कृत शिक्षालाई बुर्जुवा शिक्षा भनेर आरोप लगाए ।

    बिर्सिए कम्युनिष्ट भन्नेहरुले संस्कृत भाषा पूर्वीय वाङमयको एउटा विराट भाषिक सभ्यता पनि हो । संस्कृति, सभ्यता र भाषिक दृष्टिकोणले संस्कृत एक अलौकिक र व्यापकता बोकेको भाषाभन्दा अत्युक्त नहोला । खालि यसको उत्पादन सम्बन्ध छैन भनेर ठेगान लगाउने काम त्यति वस्तु परक छैन । कुनै पनि भाषा बीचको असमझदारी खडा गर्ने काम विलकुल जायज होइन । अंग्रेजी, नेपाली, संस्कृत र अन्य भाषा बीचको अन्तर–सम्बन्ध हुनु जरुरी छ ।

     

    एकले अर्कोलाई निषेध गर्नुचाहिँ मुर्खता हो । अंग्रेजी विश्वमा सर्वस्वीकार्य भाषा बनिसकेको छ र हामी त्यसलाई कुनै पनि रूपमा प्रयोगमा ल्याउन उद्यत छौं । संस्कृत भाषा पूर्वीय दर्शनको स्रोत पनि हो । आयुर्वेद, साङखे दर्शन, नीतिशास्त्र, वास्तुशास्त्र, ज्योतिष विज्ञान खगोल शास्त्र आदि मानव सभ्यतालाई प्रभाव पार्ने संस्कृत वाङ्ममयका बहुआयामिक ज्ञानको भण्डार हो । यसलाई खाली हिन्दुहरूको कर्मकाण्ड विधिको रूपमा बुझ्नु त्यति श्रेयस्कर छैन ।

     

    यदि संस्कृत भाषालाई बर्जुवा शिक्षाको उपमा दिएर विस्थापित नगरेको भए संस्कृत भाषा पूर्वीय दर्शनको स्रोत पनि हो । आयुर्वेद, साङखे दर्शन, नीतिशास्त्र, वास्तुशास्त्र, ज्योतिष विज्ञान खोगल शास्त्र आदि मानव सभ्यतालाई प्रभाव पार्ने संस्कृत वाङ्ममयका बहुआयामिक ज्ञानको भण्डार हो । अरु केहि गर्न नसके पनि आयुर्वेद बाट देशलाई बिश्व केन्द्र वा केहि हद सम्म भए पनि आत्मनिर्भर बनाउन सकिने थियो।

    यदि कम्युनिष्ट भन्नेहरुले भने झै नेपालमा संस्कृत शिक्षालाई बुर्जुवा भनेको हो भने मेरो बुझाईमा नेपाल को सबै खाले शैक्षिक क्षेत्र नै बुर्जुवा हुन, किन भन्ने सवाल आउन सक्छ, एउटा ईन्जिनियरको घरमा बत्ती,(वल्ब) फ्युज भयो भने फेर्नलाई Electrician बोलाउछ। यदि तपाई नै ईन्जिनियर हो जाबो सामान्य वल्ब फेर्न पनि Electrician बोलाउने भन्ने सवालको उत्तर कसरि दिन्छ होला। आफु ईन्जिनियर भएको दम्भ देखाएर पन्छिएला वा भने यो मेरो फिल्ड होईन म मेकानिकल ईन्जिनियर हु भनेर तर्कन खोज्ला वा अन्य केहि, तर मुख्य कुरा के भने उसले जे उत्तर दिए पनि वास्तवमा यहि हो बुर्जुवा शिक्षा भनेको।

     

    डिग्री पढेको शिक्षकको घरमा स-साना मर्मत सम्भारको कामको लागी पैसा दिएर मान्छे लगाईन्छ भने सोच्नुहोस् ती शिक्षकले पढाएको बिद्यार्थी कस्तो होला। ब्याचलर पास गरेको मान्छे अरबमा लेवर काम गरेको छ। त्यो शिक्षालाई बुर्जुवा नभनी के भन्ने? नेपाल शिक्षित लेवर उत्पादन गर्ने देश बनेको छ। आफै मुल्यांकन गरौ त शिक्षित लेवर भनेको के हो र हाम्रो पढेलेखेका दाजुभाई कुन हैसियतमा काम गर्न जादै छन्। ठुला स्वरमा आदर्शका साथ घोक्रो फुलाउदै भन्छौ डिग्रि पास गरेको अरव जान्छ, आठ पास गरेकोले देश चलाउछ। यो पनि बर्जुवा शिक्षाले देखाएको बाटो होइन र? पाँच कक्षा पास गरेको युवा ईन्जिनियरको घरमा बल्ब फेर्न वा धारा मर्मत गर्न सक्छ भने आठ पास गरेकोले देश चलाउदा कुन नौलो कुरा भयो ।

     

     

    डिग्री गरेर देश र समाजको चिन्तन नगरी कोरियामा सुगुर फारममा काम गर्न जान हतार गर्ने युवामा र पाँच कक्षा पास गरेको युवाले डिग्री होल्डरको घरमा गएर काम गर्दै भन्छ अब फेरी फ्युज गयो भने यसरी लगाउनुहोस, डिग्री वाला भने लाज नमानी उत्सुकताको साथ सिक्ने कोसिस गर्छ भने यो शिक्षालाई के भन्ने? डिग्री पढेको शिक्षकको घरमा स-साना मर्मत सम्भारको कामको लागी पैसा दिएर मान्छे लगाउने शिक्षकले नै पढाएको बिद्यार्थीले अरबमा लेवर काम, इजरायलमा केयर गिभर, कोरियामा सुगुर फाराम, अनि युरोप अमेरिकामा भाडा माझ्ने सोच नबनाई के गरोस त? जुन बुर्जुवा शिक्षाले सिकाएको छ।

     

    कुनै बेला वैदेशिक रोजगार भनेको अनौठो लाग्ने हाम्रो समाजमा अहिले दैनिक १५०० को दरले बिदेश लाग्दै छौ, त्यो पनि लेवरको दर्जामा। हामी नेतालाई गाली गर्दै भन्छौ, देशमा कुनै कल कारखाना छैन, कुनै रोजगारको ब्यवस्था छैन, कसले गर्ने देशको बिकास कसले खोल्ने कलकारखाना?

    अहिलेका समाजवाद, सर्वहारावादी भन्न रुचाउने कम्युनिष्टको शिक्षामै प्रश्न उठेको छ।बुर्जुवा शिक्षाले नै बनाएको भौतिक संरचना मास्यौ, कलकारखाना, उद्योग केहि निजिकरण गरियो केहि जिर्ण अवस्थामा पुगेको छन् । बुर्जुवा शिक्षाले बनाईदिएको सडकमा उभिएरै यस्ता शिक्षा चाहिएन भन्दै कुर्लदै बिच सडकमा आगो बाल्न पछि परेनौ । कम्युनिष्टले भनेको बुर्जुवा शिक्षा अनुदार, उदार नभएको, पुरातनपन्थी वा रुढिवादी परम्परावादी र भक्तिभाव दर्शाउने) कै पालामा बनेका कलकरखाना, उद्योग, अहिले कहाँ गए सबै अन्यौलमा छन, कसै सँग प्रष्ट उत्तर छैन।

     

    कम्युनिष्ट भनाउदाले बुर्जुवा शिक्षा भनेर शैक्षिक क्षेत्रमा परिवर्तन गर्न खोज्दा झन बुर्जुवा भएको हो। नेपालका कम्युनिष्ट पढेको समाजवाद, सर्वहारावादी शिक्षालाई कसरी चित्रण गर्ने? १० वर्षे जनयुद्धको नाममा आतंक मच्याउने, १७००० को नरसंहार गरेको प्रमाण भए पनि वास्तविक कति हो कसैले भन्न सक्ने आधार छैन। देशको भौतिक संरचना साथै बाटो, पुल, अस्पताल, अझै कयौं बिस्थापित छन् । लुटपाट, हत्याहिंसा ( यस्तो पनि दिन थिए कि छिमेकी सँग झगडा भयो भने माओवादीमा जाने नि कुनै न कुनै बहाना बनाएर बदला लिने ), कलकारखाना मास्ने आदी यहि थियो कम्युनिष्टले पढेको शिक्षा? एक जना मन्त्रीले सरकारको आलोचना गर्नेलाई उठ्न नसक्ने गरी पिट्नु, प्रमुखले अरिङगालले झे झम्टनु, यहि हो अर्थ लोकतन्त्र, गणतन्त्रको समाजवाद र सर्वहारावाद शिक्षा?

     

    कम्युनिष्टहरुले शिक्षा क्षेत्रमा बुर्जुवा शब्द प्रयोग गर्नुको कारण भनेको नै परम्परामा बिचार राख्ने संस्कृतमा केन्द्रित देखिन्छ, नत्र भने तत्कालिन माओबादी द्धन्द्धकालदेखि सरकारी बिद्यालय देखि संस्कृत मात्र पाठ्यक्रम बाटै किन हटाइयो? अन्य पुस्तक पनि हटाउनु पर्ने थियो त्यसो भएन, सायद यो बुझेको हुनु पर्छ अंग्रेजी र नेपाली वर्णमालाका अक्षरहरु बुर्जुवा र सर्वहाराका लागि फरक फरक बनेका छैनन्। आखिर शिक्षा तथा ज्ञानको ज्योति हो, त्यो चाहे बुर्जुवा होस वा सर्वहारा ।

     

    २०/२२ वर्षअघि सशस्त्र युद्धको शुरुवात गर्दा तत्कालिन नेकपा माओवादीका नेता मोहन वैद्यले स्कूल कलेज पढ्दै गरेका नौजवानहरुलाई बुर्जुवा शिक्षा बहिस्कारको आह्वान गरेका थिए । तर २०/२२ वर्षपछि बुर्जुवा शिक्षा बहिस्कारका प्रेरणा स्रोत वैद्य आफ्नै पत्नीलाई एसएलसी प्रवेशिका परीक्षाको परीक्षार्थीका रुपमा देख्न पाए । संस्कृत बहेक अन्य पनि बुर्जुवा शिक्षा हुदो हो त कम्युनिष्ट बिचार धाराको सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले किन एकै साथ SEE दिने थिए? तिन दशक लामो नेपाली सिने जगतमा अभिनय गरेकी करिष्मा मानन्धर जब बाबुरामको नयाँ शक्तिमा लागे पछि पुनः कक्षा ७ बाट आफ्नो पढाई निरन्तर गरि अहिले SEE दिई उतिर्ण भैई सकेको अवस्था छ।

     

    मेरो बिचारमा माओबादीको जनयुद्ध थिएन धनयुद्ध थियो, माथिल्लो वर्गका नेताहरु अहिले विलासिनता जिन्दगी बिताउदै छन भने उनिहरुको लागि छातिमा गोली थाप्नेहेरु शरिर भरि छर्रा बोकेर कोहिँ अरबमा भेडा चराउदै छन भने कोहिँ उपचारको अभावमा घिस्रदै हिड्न बाध्य छन। के अझै पनि हामी (कपु)- कम्युनिष्ट-पुजिवादीलाई भोट दिएर भ्रष्टचार, लुटपाटको अधिकार सुनिश्चित गरिदिने हो? अनि डिग्री पढेको युरोप

     

    अमेरिकामा भाडा माझ्ने छ भने ब्याचलर पास गरेको अरबमा भेडा चराउने, केहिँ शिक्षा आर्जनको नाममा कोरिया, अष्ट्रेलिया अनि जापानमा पुगेर डिप्रेसनको शिकार बनेर बस्ने,  लिलाराज खतिवडा जी को शब्द सापतिमा भोकालाई भान्से बनाईदेका छौ, अल्पशिक्षाको कारण समाजमा आतंक मच्याउने आरोपमा  फौजदारी मुद्धा लागेर बर्षौ कारवासमा कैदी जिवन बिताएकालाई जाडु पन्युउ सुम्पिएर ढुकुटीको सुरक्षागार्ड बनाइदिएर गाली गर्दै बसौं।

    दोहाकतार

    यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…