•  युबराज रेग्मी

    बैसाख १३ झापा / झापा जिल्लाको गौरादह नगरपालिका वडा न ३ मा बसोबास गर्दै आएका ब्यक्ती हुन पुर्ण बहादुर राना । अध्ययनको सिलसिलामा गौरादहमा बसोबास गर्दै आएका पुर्णबहादुर गौरादह स्थित त्रिभुवन बिश्वबिध्यालय कृषि तथा पसु बिज्ञान अध्ययन सस्थान अन्तरगतको गौरादह कृषि क्याम्पसमा बि. एस. सि. ए. जि. को दोस्रो सेमेस्टरका बिध्यार्थी हुन ।

     

    जन्मथलो कालिकोट बताउने पुर्ण बहादुरको परिवार सुर्खेतमा बसोबास गर्दै आएको छ । पारिबारिक आर्थिक अवस्था कमजोर भएकोले सानै उमेर देखि मेहेनत गर्ने बानी परेको उनी बताउछन। अध्ययनको सिलसिलामा हाल गौरादह आएका उनी अध्ययन साथसाथै घरेलु च्याउ खेतिमा अव्यस्त देखिन्छ्न । कोरोनाका कारण पठनपाठन अबरुद्ध हुदा आफ्ना अन्य साथीहरु आ-आफ्नो घर गएको अवस्थामा आफुहरु भने गौरादहमै रहेको च्याउ खेतिमा अभ्यस्त रहने गरेका छ्न ।

     

    हाल बन्दाबन्दिका कारण आफू हरुले उत्पादन गरेको च्याउ गौरादह आसपासका गाउँ गाउँमा लगेर बिक्री गर्दै आएको उनी बताउँछन l यश ब्यबसायमा आफू सगै अध्ययन गर्ने दाङ जिल्ला स्थाइ घर भएका उनका साथी ऋषिकेस घर्तीमगरको अभिप्रेरणा र साथ सहयोगबाट उनिहरुले यो व्यावसाय संचालन गरेका हुन । आफू हरुले जोहो गरेको र केही ऋण बाट बाट प्राप्त गरेको करिब १ लाख २० हजार रकमको लगानीमा उनिहरुले घरेलु च्याउ खेती संचालन गरेका छन । उनिहरुलाइ यश ब्यबसायमा आफ्नो क्याम्पसका प्राध्यापक हरुले निरन्तर सल्लाह र सुझाब दिदै आएको पुर्ण बहादुर बताउछ्न ।

     

    अध्ययन बाट प्राप्त गरेको सैद्धान्तिक ज्ञान लाई अध्ययनकै सिलसिलामा ब्यबहारिक रुपमा अबलम्बन गर्दै आएका उनले स्वदेसमै यस्ता किसिमका ब्यबसाय गरि मनग्य आर्थिक आम्दानी गर्न सकिने बताउछ्न । हाल विश्वभर महामारिको रुपमा फैलदैगएको कोरोना भाइरसको सन्त्रासले निम्त्याएको संकटका कारण बिश्वभर रहेका लाखौ नेपालीहरु बेरोजगार रहनुपर्ने अवस्था आएको विषम परिस्थितीमा मेहेनत गरे सानो लगानिमै स्वदेसमा स्वरोजगार बन्न सकिने दर्बिलो उदाहरण उनले प्रस्तुत गरेका छ्न ।

     

    अध्ययन पस्चात बिदेस पलायन हुने आफ्ना अग्रज हरुलाई इंगितगर्दै स्वदेशमै बसेर धेरै किसिमका ब्यबसाय गरेर स्वरोजगार बन्दै अरुलाइ समेत रोजगार दिन सकिने उनी बताउछ्न। उनिहरुले सुरु गरेको च्याउ खेतिमा हाल ६ सय वटा फर्नेस रहेको र स्थानिय सरकारले आर्थिक सहयोग उपलब्ध गराए आगामी दिनमा थप एउटा टनेल निर्माण गर्ने योजना रहेको उनी बताउछ्न ।

     

    अध्ययनको सिलसिलामा गौरादह कृषि क्याम्पसमा आएर अध्ययनगर्ने विद्यार्थीहरुलाई आर्थिक सहायता उपलब्ध गराए यस्ता कृषि ब्यबसाय सन्चालन गर्न हौसला र प्रेरणा मिल्ने अबगत गराउदै नगर प्रमुख रोहित साह लाई ब्यक्तिगत रूपमा निवेदन दिएको र नगर प्रमुखले माग सम्बोधन गर्ने प्रतिबद्धता दिएको पुर्ण बहादुर बताउछ्न ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…