• अमेरिकाका डाक्टरहरुले कोरोना भाइरसका कारण ३० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुको अचानक मृत्यु भइरहेको चेतावनी दिएका छन् ।

     

    यीमध्ये कैयौं व्यक्तिहरु यस्ता हुन्छन् जो पहिलेदेखि कुनै पनि बिरामीजस्ता देखिँदैनन् र उनहिरुमा कुनै किसिमको लक्षण पनि हुँदैन । तर, अचानक आएको स्ट्रोकका कारण उनहिरुको मृत्यु भइरहेको छ । न्यूयोर्कमा कैयौं मानिसहरुको मृत्यु यस्तै गरी उनीहरुको घरमै भयो ।
    म्यानहटनको एमएसबीआइ अस्पतालका डाक्टर थोमन अक्सलीले बताएअनुसार उनका एक बिरामीले कुनै औषधी लिएका थिएनन् र पहिलेदेखि कुनै समस्या पनि थिएन । उनी अन्य सामान्य मानिसहरुजस्तै लकडाउनमा घरमा थिए ।

     

    अचानक उनलाई बोल्न समस्या भयो । जाँचमा उनी ट्रोकको शिकार भएको र उनको टाउकोमा ठूलो ब्लकेज भएको पाइयो । जाँचमा उनी कोरोनाबाट समेत संक्रमित पाइए । बिरामीको उमेर ४४ वर्ष थियो ।सामान्यतया यस किसिमका गम्भीर स्ट्रोकको शिकार हुने औसत उमेर ७४ वर्ष हो । तर, कोरोनाभाइरसका कारण कम उमेरका व्यक्तिहरुको पनि स्ट्रोकका कारण ज्यान गइरहेको छ । न्यूरोलोजिस्ट थोमस अक्सलीका अनुसार उनले बिरामीको टाउकोबाट क्लट हटाउने प्रक्रिया सुरु गरे तर उनले मनिटरमा देखे कि बिरामीको टाउकोमा तत्कालै नयाँ क्लट बनिरहेका थिए ।

     

    अमेरिकामा स्ट्रोकको शिकार बिरामीको संख्या अस्पतालमा लगातार बढिरहेको छ । जाँचमा स्ट्रोकको शिकार भएका व्यक्तिहरु कोरोना पोजेटिभ पाइएका छन् । कैयौं बिरामीमा संक्रमणको कुनै लक्षण देखिएको छैन । पहिले कोरोनाको कारण आम रुपमा फोक्सो प्रभावित हुने मानिन्थ्यो । तर, बिरामीको संख्या बढ्दै जाँदा र थप अनुसन्धान हुँदै जाँदा यो भाइरसले शरीरको लगभग हरेक अंग प्रभावित पार्ने रहस्य खुल्दै गयो ।एजेन्सी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…