• काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेशहरु खारेज गरेकै दिन कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले खारेजीमा परेको मध्य एक ‘संबैधानिक परिषद्सम्बन्धी अध्यादेश’ प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अति गरेपछि ल्याउनु परेको बताएकी छिन्।

    file photo

    डिसी नेपाल सँगको कुराकानीमा मन्त्री तुम्बाहाम्फेले प्रमुख प्रतिपक्षी दलका नेता देउवाले संबैधानिक परिषद्को बैठकप्रति बेवास्ता गरेका कारण परिषद्को बैठक बस्न नसकेको र संबैधानिक अंगहरुले काम गर्न नपाएको फेहरिस्त पेस गरिन्।ढ
    उनले भनिन्, ‘उप सभामुख हुँदा म परिषदमा पदेन सदस्य थिएँ। १२ वटा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ५ वटामा मात्रै उपस्थित हुनुभो।’ एकातिर असहयोग गर्ने अनि अर्कोतिर कार्यकर्ता भर्ती गर्न लागे भनेर आलोचना गर्दै आएका देउवालाई संबैधिानक र कानूनी ड्युटी पूरा गर्न नसकेकै कारण अध्यादेश ल्याउनु परेको सरकारको दावी छ।

     

    मन्त्री तुम्बाहाम्फेका अनुसार अहिले विभिन्न आयोगहरुमा ३९ पद रिक्त छन्। संवैधानिक परिषदसम्बन्धी अध्यादेश विपक्षी दलका नेतालाई तिनको दायित्वबोध गराउन ल्याएको मन्त्री तुम्बाहाम्फेको भनाइ छ। ‘अध्यादेश जरुरी छैन भन्ने लाग्छ भने अब हुने बैठकमा सक्रिय सहभागिता जनाउन र कर्तव्य पालनामा खरो उत्रन म आग्रह गर्छु,’ उनले देउवालाई आग्रह गर्दै भनिन्।

     

     

    कार्यकर्ता भर्ती होइन संवैधानिक दायित्व पूरा गर्न र मुलुकका महत्पूर्ण अंगहरु सुचारु गर्न वाध्यतावस अध्यादेश ल्याउनु परेको उल्लेख गर्दै उनले भनिन्, संविधान जे प्रावधान राखिएको छ त्यहीअनुसार नियुक्ति हुन्छ, कसरी कार्यकर्ता भर्तीको कुरा आउँछ र यहाँ?

     

    दल बिभाजनको प्रावधान खुकुलो बनाउने अध्यादेशबारे अहिले धेरै टीका टिप्पणी नगर्ने तर समयक्रममा यसको औचित्य पुष्टि हुँदै जाने मन्त्री तुम्बाहाम्फेले दावी गरिन्। यद्यपि अध्यादेशकाे चाैतर्फी विराेध भएपछि सरकारले दुवै अध्यादेश फिर्ता लिइसकेको छ।vio:Rastriya SamacharPatra Daily

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…