उर्लाबारी, १३ बैशाख । उर्लाबारी नगरपालिकाले लकडाउनबाट प्रभावित बनेका २ हजार ६६ परिवारलाई खाद्यान्न सहितको राहत वितरण गरेको छ । नगरका सवै वडाले माग गरेका .२ हजार ५ सय ८७ परिवार मध्ये २ हजार ६६ घर परिवारलाई राहत वितरण गरीएको र बाकी रहेका परिवारलाई पनि खाध्यन्न सहितका सामाग्री जुटाउने कार्य भईरहेको तयारी हुनसाथ चाँडै वितरण गरीने नगर प्रमुख खड्ग फागोले बताउनुभयो ।
नगरका वडा नं. १ देखि वडा नं. ९ सम्म क्रमश १७५, १७४, २५०, २५०,२०९, २५०,३२६, २५७ र १७५ घर परिवारलाई राहत उपलब्ध गराईएको नगरपालिका अधिकृत भरत अधिकारीले जानकारी दिनुभयो ।