•  

     

     

     

    बैशाख १४, उर्लावारी ।
    कोरोना संक्रमणका कारण लकडाउनमा परेका उर्लावारी नगरपालिका वडा नम्वर २ का जनतालाई तेस्रो चरणको राहत वितरणको तयारी थालिएको छ ।
    वडा कार्यलयको व्यावस्थापनमा पहिलो र दोस्रो चरणको राहत वितरण कार्य सम्पन्न भईसेको छ ।  अहिले तेस्रो चरणको तयारीमा वडा कार्यलय सर्वदलिय समिति निर्माण गरेर घरदैलो अभियान गर्दै आएको छ ।
    पहिलो चरणमा दैनिक ज्यालामजदुरी गरि जिविको पार्जन गर्ने, अशाहय, एकमहिला, बृद्धाहरुलाई पहिलो प्राथमिकतामा राखि राहत वितरण गरिएको थियो ।

    [video width="1280" height="720" mp4="http://ratokalam.com/wp-content/uploads/2020/04/Untitled-1-1280x720-3.78Mbps-2020-04-26-09-43-05.mp4"][/video]

    दोस्रो चरणमा निम्न आर्थिक अवस्था भएका परिवारलाई राहत वितरण गरिएको थियो । तेस्रो चरणको राहत वितरणमा मध्यम आयस्तर भएकाहरुलाई राहत वितरण गरिने तयारी थालिएको वडाध्यक्ष राजन कुमार कडेलले बताए ।
    स्तर अनुसार वितरण गरिएको राहत वितरणशैलिमा अहिले सम्म १७४ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
    तेस्रो चरणको राहत वितरणमा एक सय घर परिवार रहने अध्यक्ष कडेलले जानकारी दिए । कोरोना संक्रमण रोकथामका लागि देश लकडाउनमा गएसगै वैदेशिक रोजगारबाट घर फर्कीएकाहरुलाई वडाले विशेष निगरानीमा राखि स्वास्थ्य परिक्षण गराउनुका साथै होम क्वारेन्टाइनमा वस्न अग्रह गर्दै आएको छ ।
    हाल सम्म २४ जनाको स्वास्थ्य परिक्षण गराइएको र सवैको रिर्पोट नेगेटिभ पाईएको छ राहत वितरणमा समेत अहिले सम्म त्यस्तो व्यापक जनगुनासो नआएका कारण कोरोना त्रास २ नम्वर वडामा सामान्य नै रहेको कडेलले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …