• पुष्कर खड्का

    काठमाडौ - ओखलढुङ्गामा केन्द्रिय प्रसारण लाईनको विद्युत अबरुद्ध भएको छ । विद्युत अबरुद्ध हुदा जिल्लामा सञ्चालनमा रहेको सञ्चारमाध्यमहरुमा समेत प्रत्यक्ष असर पुगेको छ । विद्युत प्रसारण अबरुद्ध हुदा जिल्लामा सञ्चालनमा रहेको स्थानीय सञ्चार माध्यमहरुको समेत नियमित प्रसारण हुन सकेको छैन ।

    जिल्लामा नियमित रुपमा सञ्चालमा रहेका चार ओटै रेडियो मध्ये आफ्नो एफएम रेडियोले भने आफ्नो व्याकअप मार्फत रेडियो सञ्चालन गरिरहेको छ । तर आफ्नो एफएममा पनि समस्या हुने गरेको छ । लामो समयसम्म विद्युत अबरुद्ध भएको र दिउसोको समयमा पानी परिरहने कारणले सोलार व्याट्रिमा समस्या हुदा रेडियो प्रसारण केही अबरुद्ध भएको आफ्नो एफएमका समाचार प्रमुख रामहरी श्रेष्ठले बताए ।



    रेडियो स्टेशनमा व्याकअप भएपनि रिपिटर टावरको व्याकअपमा समस्या र विद्युत आपूर्ति नहुदा रेडियो प्रसारण अबरुद्ध भएको भिजन एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठले बताए । लकडाउनको समयमा तेलको व्यबस्थापन गर्न नसक्दा जेनेरेटर चलाउन नपाएको, व्याकअपले पनि लामो समय नधान्ने र विद्युतमा समस्या भएको स्टेशन म्यानेजर श्रेष्ठको भनाई छ । गत शोमबार र मंगलवार सूचना प्रकाशन गरेर नै विद्युत आपूर्ति हुन नसक्ने बताएका विद्युत प्राधिकरण ओखलढुङ्गा शाखा त्यसपछि भने चुपचाप बसेको छ ।


    उदयपुर खोटाङको ३३ केभि प्रसारण लाईनमा समस्या आएकोले विद्युत आपूर्तिमा समस्या आएको विद्युत प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रका प्राबिधीक कर्मचारी शारदा खतिवडाले बताए । यो समाचार तयार पार्दा सम्म विद्युत प्रसारण लाईनको कहाँनेर समस्या भैरहेको भन्ने पत्ता लगाउने प्रयास भैरहेको खतिवडाको भनाई छ । विद्युत प्रसारण अबरुद्ध हुदा केही दिन देखी सञ्चालनमा आउन लागेको बैक तथा विीत्रय संस्थाको सेवा प्रवाहमा समेत असर पुगेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…