• पुष्कर खड्का

    काठमाडाै‌ं – नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तुमा ६,रुपन्देहीमा ६ र बर्दियामा १ जना गरि थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३४ पुगेको छ ।



    मन्त्रालयका अनुसार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।


    नयाँ संक्रमितहरु संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ र बुद्धभूमि नगरपालिका-७ का का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष छन् ।


    यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका- ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् भने बर्दिया राजापुर- निवासी ११ वर्षीया महिला छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…