• राष्ट्रप्रेमी राज पोखरेल , सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा किरा भेटिएको छ ।



    शुक्रबार घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, सुन्दरहरैंचा नगरपालिका स्थानिय प्रशासन सहितको टोलीले विराटचौकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा रहेको च्याउमा किरा लागेको भेटेको हो ।

     

    यसैक्रममा गोर्खा डिपाटमेन्ट स्टोरमा किरा परेको प्याकेजिङ च्याउ र , प्याकेजिङ इजाजत नभेटीएकाले र मिति उल्लेख नगरेका खाध्य बस्तु सामग्री फेला परेकाले ५० हजार जरिमाना गरेको छ ।

     

    यस्तै जुनतारा बजारमा पनि केहि म्याद गुज्रीएको बस्तु पाईएकाले १० हजार जरिमाना गरेको छ । यस्तै सगुन किराना पसल भने सन्तोषजनक पाइएको छ । यस्तै रेवति प्रसाद सुवरले सन्चालन गरेको आरटी सप्लायर्समा समेत म्याद नाघेका खाध्य सामग्री भेटिएकाले १० हजार जरिमाना गरेको हो ।

     

    अनुगमनका क्रममा अखाध्य वस्तु वितरण गर्ने जुन सुकै फर्मलाई कानुनी कार्वाही गर्ने सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताइन ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…