• श्रद्धान्जली

    .... आमाको
    मायाले दिएको
    सातु अनि चिनि
    झोलामा बोकि
    रोलकल पछि
    कमिलाको ताती झै
    सम्झना आउँछ हिडेको .....!!!

    र .... हामीमा उर्जा
    आउथ्यो आफू मरेर पनि
    सहयात्रीलाई ......
    बचाउने अठोट अनि
    अदम्य साहास
    अनेकौ कष्टहरु सहेर

    गणतन्त्रको निम्ति
    बलिदान दियो
    गोलि शरिरमा थापेर
    क्रान्तीलाई जुरुक्क
    उचाइमा उठाइ दियो ।

    बन पाखा भिर पखेरोमा
    छिर्केका रगतहरु
    युद्धको मोर्चाहरु
    अनि अग्रपंक्तिमा मोर्चा कसेका
    महान योद्धाहरु

    बडेमानको ढुङ्गाको आडमा
    जंगलको बिचमा
    पिल्सिएर पाकेका घाउ
    अनि .......
    घिस्रीदै लडेका मोर्चाहरु
    अतीत बनि आउँछ बर्तमानमा

    त्याग ,तपस्या र बलिदान .....
    रगतले कोरिएको
    कहिल्यै बिर्सन नसकिने
    झुपडिको लाल बस्तिमा
    त्यो दिन
    फुलमालाले स्वागत गरेको
    हेर्दै ...........,हेर्दै
    यी अन्जुली
    आज दुई शब्दले नि:स्तब्ध
    भाब कोरि दिदैछु ,
    महान सहिदहरुलाइ
    हार्दिक हार्दिक श्रद्धाञ्जली .........!!!

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …