• पुष्कर खड्का
    काठमाडौ – नेपालमा आज साँझ थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमा मकवानपुरका हेटौंटा-३ की ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष र बाराका सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् ।


    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ सय १६ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।



    नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ७० पुगेको छ भने ,यस्तै कोरोनाबाट सिन्धुपाल्चोका १ जना, बाँकेका १ जना र गुल्मीका १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…