• १९ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार भनेर व्यक्त गरेको भनाइलाई अन्नपूर्ण पोस्ट दैनिकलेमुख्य समाचार बनाएर छापेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्ला –एक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्याएको समाचारमा उल्लेख छ ।

    ‘नेपालमा संविधान निर्माणपछि सम्पन्न तीनवटा निर्वाचन परिणामले एमालेसहितको गठबन्धनलाई बहुमत दिएका छन्,’ स्रोतलाई उद्धृत गर्दै अन्नपूर्णले स्वराजको भनाइलाई लेखेको छ, ‘तपाईंहरुलाई हाम्रो बधाई छ । अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत सरकार तयार छ ।’

    स्वराज र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तालाई कान्तिपुर दैनिकले आकस्मिक राजनीतिक भ्रमणमा काठमाडौं ओर्लेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राजनीतिक स्थायित्व र विकास नै भारतको चाहना रहेको भनेर व्यक्त गरेको भनाइलाई समाचार बनाएको छ ।

    कान्तिपुरले लेखेको छ– बिहीबार अपराह्न आएलगत्तै राजनीतिकभेटघाटमा सक्रिय उनले यहाँ विकसित घटनाक्रमबारे भारत जानकार रहेको बताउँदै संविधान कार्यान्वयन हुँदै राजनीतिक स्थायित्वको दिशामा नेपाल अग्रसर रहेकोमा खुसी प्रकट गरिन् ।’

    नयाँ पत्रिका दैनिकले विदेशमन्त्री स्वराजको सदभावना भ्रमण भएकै दिन भारतमा प्रस्तुत बजेटले नेपाली अर्थक्षेत्रमा धक्का दिएको भन्दै यो भ्रमणलाई विदेशमन्त्रीको सदभाव र अर्थमन्त्रीको दबाबका रुपमा विश्लेषण गरेको छ ।

    विदेशमन्त्री स्वराज काठमाडौं ओर्लिएकी दिन नयाँदिल्लीमा बजेट प्रस्तुत भएको थियो । सो बजेटमा भारतमा निर्यात हुँदै आएका नेपाली वस्तुमा उच्चदरले भन्सार बढाइएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ ।एकातिर सदभावनाको सन्देश लिएर विदेशमन्त्री स्वराज नेपाल आउने र अर्कातिर बजेटमार्फत नेपाललाई कस्ने दिल्लीको नीति रहेको नयाँ पत्रिका समाचारको सार छ ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…