पुष्कर खड्का
काठमाडौ – नेपालमा शुक्रबार दिउँसो थप २ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा नेपालमा शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु सुनसरीका २१, झापाका १२, मोरङ्ग ६ ,अर्घाखाचीका १, नवलपरासीका २, पाल्पाका १,रुपन्देहीका १८, सिन्धुलीका २ ,बाराका ३,तनहुका २,भोजपुरका ५, कैलालीका ४, अछामका १, बझाङ्गका १,डडेलधुराका ५,रामेछापका १७,काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ६,सुर्खेतका १,धनुषाका ४,गुल्मीका १, कपिलवस्तुका ४४,कास्कीका १,महोत्तरीका १७, रौतहटका ६ र दाङका १ गरी थप २७८ जना कोरोना संक्रमित थपिएका छन।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ सय ३३ पुगेको छ भने,त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।