• काठमाडौं, २५ जेठ । कोरोना भाइरस महामारीसंगै देश लकडाउनमा गएपछि बन्द भएको सुनचाँदी ब्यबसाय सुरु भएको छ । बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि आज आइतबारदेखि खुलेको हो ।

    आज सुनको भाउ तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ तोलामै एकैपटक १० हजार ४०० रुपैयाँको बढोत्तरी हो। लकडाउन हुनु अगाडी गत वर्ष चैत १० गते छापावाल सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो। लकडाउन भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरेको थियो ।

    कोरोना महामारी पछी अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। आज तेजावी सुन तोलाको ८६ हजार ९६० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी चाँदी भने तोलाको ९२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…