१ न.प्रदेश सरकारले उर्लावारी-३ मा रहेको मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरेर लाने नीति तथा कार्यक्रममा ल्याएपछि अस्पतालको नाम परिवर्तन हुनु हुँदैन भन्दै असन्तुष्ट स्थानीवासीले विरोध स्वरुप अाइतबार सडकमा र्यालि निकाले का छन् ।
उनीहरुले मंगलबारेमा र्याली निकालेर खबरदारी गर्दै अस्पताललाई स्तरोन्नती गरेर नाम परिवर्तन गर्दा ठाउँको पहिचान मेटिने भन्दै ध्यानाकर्षण गराएको बताइएको छ।
करिब एक सयभन्दा बढी स्थानीयवासी र्यालीमा निस्किएका थिए । उनीहरले प्रदेश सरकारलाई मंगलबारे अस्पतालकै नाममा बजेट ल्याउन आग्रह समेत गरेका छन्। उनीहरुले हस्ताक्षर पनि संकलन गरेका छन् ।
मंगलबारे अस्पताललाई प्रदेश सरकार मन्त्रिपरिषद्ले विशेषज्ञ चिकित्सक र आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेपनि हालसम्म अस्पतालको स्वामित्व हस्तान्तरण हुन भने सकेको छैन । आर्थिक वर्ष २०७७/७८बाट प्रदेश सरकारबाट अस्पतालमा बजेट अाउने बताइएको छ ।
स्थानीयहरुले प्रदेश सरकारले मंगलबारे अस्पताल स्त्तरोन्नित गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहेपनि मंगलबारे अस्पतालको पहिचान नै मेटिने गरी नाम अगाडि सारिदा आपत्ति रहेको बताएका छन् ।
२०४९ सालमा स्थापना भएर १५ शैय्याको मंगलबारे अस्पतालमा स्तरोन्नती भइसकेको र प्रदेश सरकारले अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छ । जसका लागि अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको जनाइएको छ । अस्पतालमा करोडौंका उपकरण खरिद गरेर जडान भइसकेका छन्। अस्पतालमा अहिले प्रसूति र एपेन्डि साइट्सको श्ल्यक्रिया पनि उपलब्ध हुन थालेको छ ।
पूर्व पश्चिम राजमार्गमा धेरै क्षेत्रफल भएको मंगलबारे अस्पतालमा दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकासित गर्न लागेको हो । मोरङको सुदूरपूर्वी भेगमा रहेको यो अस्पतालमा हरेक दिन बिरामीको चाप हुन्छ । त्यसैले पनि यो अस्पतालको स्तरोन्नती आवश्यक देखिएको हो ।
प्रदेश सरकारले उर्लावारी मदन भण्डारीको कार्यस्थल भएको मदन प्रतिष्ठान पनि भएको यही नै स्तरीय सुविधा सम्पन्न अस्पतालको रुपमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको प्रदेह सांसद कुल प्रसाद साम्बाले बताएका छन् ।
अस्पतालको नामकारणको सवालमा केही विरोध र केही मौन को अवस्था छ। कतिपयले अस्पतालको नाम परिवर्तन भन्दा पनि सेवा र गुणस्तरलाई जोड दिएका छन् भने उनीहरुले मंगबलारेको नाम अझै ऊँचो रहेको बताएका छन्।
कतिपयले मंगलबारे ठाउँ सानो भएको र मदन भण्डारीको नाम जोडिँदा देशी तथा विदेशी दातृ निकायहरुले पनि लगानी गर्ने भएकाले पनि यसमा नाम थपिएको बताएका छन् । यस्तै सरकारै पिच्छे अस्पतालको नाम परिवर्तन जायज नहुने स्थानीयवासीले बताएका छन् ।
यस्तै उर्लावारीकै केही मानिसहरुले मंगलबारेको पनि पहिचान नमेटिने अस्पताललाई पनि केन्द्रीय स्तरमा चिनिनका लागि 'मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे अस्पताल' नाम राख्दा उपयुक्त हुने बतनएका छन् ।