• अस्पताल कामको हुनुपर्छ : खतिवडा

    नेकपाका युवा नेता रुपेश खतिवडाले मंगलबारे अस्पताल प्रदेश स्तरीय अस्पताल मा स्तरोन्नती हुँदा मंगलबारेवासी खुसी हुनुपर्ने बताएका छन् । उनले अस्पतालले दिने सेवा सुविधा ठूलो भएकाले नामको पछाडि नलाग्‍न आग्रह गरेका छन् ।

    नेता खतिवडाले भने,'विशिष्ट स्वास्थ्य केन्द्रहरु सक्षम हुनुपर्छ र जनताको हुनुपर्छ भन्‍ने मेरो मान्यता हो । अस्पताल सर्वसुलभ हुनुपर्छ । सुविधा सम्पन्‍न हुनुपर्छ र दिगो पनि हुनुपर्छ । राज्यले लगानी गरे भरोसायोग्य बनाउँछु भन्दा हामीले दिनुपर्छ । अस्पतालमा कामको कुरा आउँछ, नामले प्रभावकारी हुने कुरा हैन ।'

    उनले स्वास्थ्य संस्थाको नामभन्दा पनि काम ठूलो कुरा भएको बताएका छन् । उनले मंगलबारे अस्पताल जनताको निम्ति जनताको भरपर्दो स्वास्थ्य संस्था बनुपर्नेमा जोड दिएका छन् ।

    उलने भने,'भोलि ट्रमा सेन्टरको रुपमा विकासित हुँदा उपचार गर्न आउँदा मंगलबारे भन्दै मानिसहरु आउँछन् । मंगलबारे भन्ने स्थानभित्र अस्पताल छ, उपचार हुन्छ भन्ने कुरा मानिसहरुले गर्छन् । '

    नेकपामा मोरङ् जिल्ला सचिवालय सदस्य एवं स्कूल विभाग प्रमुख सेमत रहेका खतिवडाले अस्पताल सफलतापूर्वक सञ्चालन हुने कुरा ठूलो भएको र यसको अपनत्व मंगलबारेकै जनाताको रहेको बताएका छन् ।

    ठूलो अस्पतालमा स्तरोन्नती हुँदै गर्दा उपचार गर्न आउने मानिसहरु मंगलबारे भन्दै आउँदा मंगलबारे को पहिचान नगुम्ने उनक‍ो भनाई छ । प्रदेशभरीका मानिसहरु मंगलबारेमा उपचार गर्न आउँदा यहाँका मानिस हरुका लागि विकसित र खुसीको कुरा रहेको उनको ठम्याई छ ।

    उनले नामकरणको विषयलाई लिएर राजनीतिक रंग नदिन आग्रह गरेका छन् ।

    उर्लावारी-८ निवासी नेता खतिवडाले भने,'ट्रमा सेन्टरलाई जन्म नदिँदै मार्नु हुँदैन । नामलाई लिएर विरोध गरेर सूचारु हुन नदिने यो षडयन्त्र हो । नाम हैन कामकाजी अस्पतालको माग गर्न मै सबैलाई आग्रह गर्छु ।'

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…