• मंगलबारे अस्पताल नामकारण विवाद : नेका नगर सभापति थापाको संयोजकत्वमा संघर्ष समिति ।


    उर्लाबारी /प्रदेश सरकारले मंगलबारे अस्पतालको स्तरोन्नती गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकासित गर्ने आफ्‍नो नीति तथा कार्यक्रममा राखेपछि उर्लावारीमा त्यसकाे विरोध गर्दै वीरबल थापाको संयोजकत्वमा १३ सदस्सीय संघर्ष समिति गठन भएको छ ।

    आइतबार दिँउसो नेकपा बाहेक उर्लावारीमा बसेको सर्वदलीय भेलाले कांग्रेस उर्लावारीका सभापति वीरबल थापाको संयोजक्तवमा १३ सदस्सीय समिति गठन गरेको हो ।

    समितिको सदस्यहरुमा राप्रपा उर्लावारीका नगर अध्यक्ष देवी दाहाल,जनता समाजवादी पार्टीका मातृका धिमाल,संघीय लिम्बूवान मञ्‍चका वरुण लाबुङ रहेका छन् ।

    यस्तै समितिका सदस्यहरुमा रोहित कार्की, नरबहादुर गुरुङ, कृष्ण थापा, जेनित लिम्बू, टंकनाथ दाहाल, श्याम ढकाल, मदनबाबू प्रसाई छन् ।

    समितिले प्रदेश सरकारलाई र नियमक निकायलाई ज्ञापन पत्र बुझाउने र चरणबद्ध आन्दोलन गर्ने समितिका संयोजक वीरबल थापाले मंगलबारे पेजलाई जानकारी दिए । सोमबार बिहान पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने उनले बताए ।

    सर्वदलीय बैठकमा नेकपाबाट जारी गरिएको नीति तथा कार्यक्रम भएकाले नेकपालाई बोलाउनुको औचित्‍य नभएर नडाकिएको थापाले जानकारी दिए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…