सोमबार उर्लावारीमा नेकपलाई बाइपास गरेर गठन गरिएको सर्वपक्षीय राजनीतिक समिति गठन नहुँदै विवादमा परेको छ । नेकपा उर्लावारीलाई वाइपास गरेर समिति गठन भएपछि उर्लावारीमा अहिले समितिबारे अनेक खाले टिक्काटिप्पणी आएको छ ।
मंगलबारे अस्पतालको पहिचान उर्लावारी र मंगलबारे सबैको मानिसहरुको सेन्टिमेन्ट जोडिएको र यसमा नेकपा उर्लावारीको पनि सेन्टिमेन्ट जोडिने भएकाले उक्त पार्टीलाई बाइपास गरेर समिति गठन गरेपछि यसलाई राजनीति रंग दिन खोजिएको आरोप लागेको हो ।
नेकपा उर्लावारीका नेताहरुले पनि नामकरणको विषयमा विरोध जनाउँदै आएका छन् । नेकपाका भातृ संगठन युवा संघका नेताहरु खुला रुपमा प्रस्तावित नामको विरोध गरिरहेको बेला उक्त पार्टीलाई दोष देखाएर समिति गठन गरिएको भन्दै नेकपाका स्थानीय नेताहरुले आपत्ति जनाएका छन् । मंगलबारे अस्पतालको नामकरणको विषयमा नेकपाकै स्थानीयहरुको विरोध जनाइरहेका छन् । नेकपाका सक्रिय कार्यकर्ताहरुले सार्वजिनक रुपमै नामकरण गलत भइरहेको बताउँदा नेकपालाई वाइपास गरेर समिति निर्माण भएपछि यो घटनालाई राजनीतिक रंग दिइएको बताइएको हो ।
आइतबार अस्पताल नामाकारणको विषयमा मंगलबारे चोकमा निकालिएको र्यालीमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का सभापति प्रकाश थापाले राजनीतिक रंग देखिने गरि भाषण गरेपछि उक्त र्यालीमा सहभागी नेकपाका समर्थक र कार्यकर्ताहरले नै आपत्ति जनाएका हुन् । सो र्यालीमा सहभागी नेकपामा एक नेताले भने,'हामी पनि नामकरणको विषयमा विरोधमा थियौं । र्यालीमा सर्वपक्षीय र स्थानीवासी भनेर गएका थियौं । तर त्यहाँ कांग्रेसका नेताहरुले राजनीतिक भाषण गरेर यसलाई राजनीतिकरण गर्ने प्रयास गरियो ।' ती नेताले मंगलबारे पेजलाई आफ्नो नाम नबताउने सर्तमा भने,'यो गलत हो । यसमा स्थानीवासी सबैको सेन्टिमेन्ट जोडिएको छ । यहाँ पार्टीभन्दा पनि स्थानीयको कुरा आएकाले यसलाई राजनीतिक रंग दिइनु हुँदैन । ' उक्त र्यालीमा सर्वपक्षीय भनिएपनि कांग्रेसका प्रदेश १ का सभापति थापाले राजनीतिक भाषण गरेपछि युवाहरु असन्तुष्ट बनेका थिए ।
सोमबार मंगलबारेमा आभास रिजालको संयोजक र प्रदीप संग्रौला सदस्य सचिव रहेको अर्को छुट्टै संघर्ष समिति निर्माण गरिएको छ । यसमा सयभन्दा बढी स्थानीय युवाहरु छन् । यसमा राजनीतिक,गैरराजनीतिक,स्वतन्त्र गरी सबै युवा अटाएका छन् ।
सोमबार उर्लावारीमा वीरबल थापाको संयोजक्तोमा गठित समितिका सदस्यहरुमा राखिएका मंगलबारेतर्फका सदस्यहरुमा नेकपामा कसैलाई सहभागी गराइएको छैन । यसमा नेपाली कांग्रेस मोरङ १ कका सभापति प्रकाश थापा, नेपाली कांग्रस वडा नम्बर ३का पूर्व सभापति एवं पूर्व नगर समितिका पदाधिकारी टंकनाथ दाहाल,तरुण दलका उर्लावारी सभापति रोहित कार्की,संघीय लिम्बूवान मञ्चाका जेनित लिम्बू लगायत छन् । जबकी नेकपाका सक्रिय कार्यकर्ता राम बुढाथोकी,युवा संघका सुमित थापा,निशान थापा जस्ता युवाहरुले नामको खुलेरै विरोध गर्दै आइरहेका छन् । उनीहरुको पनि राय सल्लाह सुझाव नलिइकन समिति एकतर्फी रुपमा गठन गरिएको छ । यो विषयमा नेकपाका उर्लावारीका स्थानीय नेताहरु अझ मंगलबारेबाट खुलेरै अस्पतालको नाम परिवर्तन सम्बन्धमा विरोध जनाउँदै आएका छन् ।
नामकारण विवाद सम्बन्धमा नेकपाकै सांसद कूलप्रसाद साम्बाले प्रदेश सभा बैठकमा यो कुरा उठाइसकेको सम्बन्धमा नेकपालाई वाइपास गरेर समिति निर्माण गर्नु ले नै यो विषयलाई राजनीतिक रंग दिइएको उर्लावारीका स्थानीयवासीले बताएका छन् । मंगलबारे अस्पताल नै नामाकरण हुनुपर्छ भन्नेमा नेकपाकै स्थानीयहरुको माग छ ।
सोमबार गठित समितिका संयोजक वीरबल थापालाई राष्ट्रिय समाचारपत्रका सम्पादक पत्रकार केदार चौहानले मंगलबारे अस्पताल नाम मेट्न पाइदै भनेर नेकपाकै मानिसहरु जुलुसमा सहभागी हुँदाहुँदै उनीहरुलाई बाइवास गरेर समिति निर्माण गर्दा राजनीतिक रंगको कुरा आएन भन्ने प्रश्नमा कांग्रेस उर्लावारीका सभापति समेत रहेका वीरबल थापाले यो घटनालाई राजनीतिक रंग नदिएको दाबी गरेका थिए ।
पहिचान झल्किने विषयमा मंगलबारेकै नेकपा समर्थकले विरोध गर्दै आइरहेका छन् । यसबारेमा प्रदेश संसदमा नेकपामा सांसदले सरकरको ध्यानाकर्षण गराएको अवस्था छ । समितिमा मंगलबारे बस्ने नेकपा समर्थकहरुलाई नै नसमेटिएभन्दै पत्रकार सम्मेलनमा कुरा उठेको थियो ।
सञ्चार क्लब नेपालका उर्लावारीका अध्यक्ष सरोज बस्नेतले पनि उर्लाबारीका राजनीतिक दल एक ठाउँमा उभिनु पर्नेमा जोड दिए । उनले नेकपा सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दैमा उर्लाबारीमा सर्वदलीय समितिको नाममा नेकपालाई बहिस्कार गरेर पत्रकार सम्मेलन गरिनुले नै राजनीतिक छनक देखिएको बताएका छन् ।
उनले आफ्नो फेसबुक वालमै लेखेका छन्,'नेकपा उर्लाबारीले हालसम्म आधिकारिक धारणा सार्वजनिक नगरेपनि धेरै नेता तथा कार्यकर्ताहरुले नाममा पुनविचार गरी मंगलबारे अस्पताल नै उपुक्त हुने विषय राखिरहेका छन् । ' अध्यक्ष बस्नेतले यो विषय राजनीतिक लडाईं नभएकाले मंगलबारेको पहिचानको कुरा र पहिचान मेट्न नहुने बताए ।
मंगलबारे अस्पताल नामकरण विवाद राजनीतिक दलको मुद्दा नभएर यो स्थानीयवासीको पहिचान भएकाले यहाँका स्थानीय राजनीतिक दलहरुले यसलाई राजनीतिकरण गरेर आफ्नो निहीत स्वार्थ पुरा गर्न खोज्ने प्रवृत्तिले यहाँ बन्न लागेको ट्रमा सेन्टर कति तुहाउन लागिएको त हैन भन्ने विषय अब शंकाको रुपमा हेर्न थालिएको छ । मंगलबारे अस्पतालको व्यवस्थापन समितिले पनि नामाकरणमा असहमति जनाउँदै प्रेस विज्ञप्ति निकालेको अवस्था छ ।
प्रदेश सरकारले पनि अस्पतालको नामकरणको सवालमा पुर्नविचार गर्ने छनक देखाइसकेको छ। मंगलबारे अस्पताल नै कायम हुनुपर्छ भनेर मंगलबारेकै नेकपाका नेताहरु नै सहमत भइरहको बेला उक्त पार्टीका नेताहरुलाई दोष देखाएर राजनीतिक रंग दिइनु उचित हुँदैन ।
तसर्थ मंगलबारे अस्पतालको नामकरणमा मंगलबारेको पहिचान नमेटिने गरी प्रदेश सरकारले नयाँ बजेटमा कार्यक्रम ल्याइनु नै उपयुक्त देखिन्छ । छुट्टै ट्रमा सेन्टर निर्माण गर्दा जोसुकैको नाम राख्दा कुनै आपत्ति नहुने तर भएको मंगलबारे अस्पतालको नामलाई मेटाएर अन्य नाम मंगलबारेवासी कसैलाई स्वीकार नगर्ने विषयमा स्थानीवासी एक मत छन् ।