पुष्कर खड्का
२६ जेठ, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको क्वारेन्टिनमा बसेका कोरोना संक्रमित युवक शुक्रवार दिउँसो बाट फरार भएका युवक अाज दोलखाको तामाकोसी गाउँपालिका च्यामामा फेला परेका छन् ।
कोरोना संक्रमित बेपत्ता भएको ३ दिनपछि अाज दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ६ च्यामा ससुराली घरमा फेला पारिएकोर जिल्ला प्रहरी कार्यलय रामेछापलाई केहीवेर अघि बुझाइएको दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष झनक बहादुर खत्रीले जानकारी दिनु भयो ।
अध्यक्ष खत्रीले दिएको जानकारी अनुसार अहिले कोरोना संक्रमित युवकलाई जिल्ला अस्पताल रामेछापमा लैजाने तयारी भैरहेको बताउनु भयो ।
स्वाब परिक्षणको लागि धुलिखेल पठाइएको र रिपोट नआउँदै गाउँपालिका अध्यक्षले क्वारेन्टिन स्थलवाट रिपोर्ट नेगेटिभ अाएको भनि घर पठाएका युवक भागेर सम्पर्क बिहिन भएका थिय।
घरमा पठाएको १५ मिनेटपछि शुक्रबार स्वास्थ्य मन्त्रालयले रिपोट सार्वजनिक गरेसँगै अन्य युवा फर्कीएको भएपनि गोकुलगंगा वडा नं ४ वेतालीका एक युवक भने सम्पर्कमा नै नआई फरार भएका हुन्।
गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जनामा एकैदिन शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसमध्ये गोकुलगंगा गाउँपालिका २ जना संक्रमित फरार भएका थिए । फरार २ जनामध्ये १ जना फेला परिसकेका छन् भने एकजनालाई अाज फेला पारिएको हो।