• दमक/ झापाको दमकस्थित चेतनशील बचत तथा ऋण सहकारी संस्था र विर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

    सरकारले ल्याएको सहकारी मर्जको नीति अनुसार उदेश्य एउटै भएका सहकारी भएकाले ति दुई सहकारीबिच एकीकरण गरि अब उप्रान्त सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार गरिने दमकमा आयोजित एकीकरण घोषणा कार्यक्रममा जानकारी गराइएको छ।

    सिम्रिकका अध्यक्ष कमल बस्नेत र चेतनशीलका अध्यक्ष ज्ञान बहादुर योगीको संयुक्त अध्यक्षतामा भएको घोषणा कार्यक्रममा ति दुवै संस्थाका पदाधिकारी तथा कर्मचारीहरु सहभागी थिए । सिम्रिक सहकारीले अब यससंगै दमकमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याई आफ्ना सदस्यहरुसंग कारोबार गर्ने कार्यक्रममा जनाइयो । ति दुवै संस्था ९ बर्ष अघिदेखि दर्ता भई सञ्चालनमा रहेका थिए ।

    चेतनशीलले २ लाख ५० हजार शेयर पुँजीबाट कारोबार शुरु गरि अहिले २ करोड ५० लाख पुरयाएको थियो भने सिम्रिकले २० लाख ५५ हजार रुपैयाँ शेयर पुँजीबाट कारोबार गरी अहिले एक अर्ब १८ करोड रुपैयाँको वासलात बनाउन सफल भएको कार्यक्रममा जनाइयो । चेतनशील सहकारीका सञ्चालक नविन योगीले एकीकरणसंगै संस्थामा आवद्ध ५ जना महिला कर्मचारीपनि अब सिम्रिक सहकारीको कर्मचारीका रुपमा नियुक्ती भइसकेका छन

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…