• सरोज बस्नेत
    उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मंगलबारे अस्पताल तथा ट्रमा सेन्टरलाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा स्तरोउन्नती गर्ने घोषणा गरेसँगै यतिबेला स्थानीयको आन्दोलित बनेका छन् ।


    स्थानीय युवाहरुले मंगलबारे अस्पताल पहिचान जोगाउ अभियान थालेका हुन् । स्थानीय युवा आभाष रिजालको नेतृत्वमा सांकेतिक आन्दोलनका कार्यक्रम भइरहेका छन् । आज पनि मंगलबारे क्षेत्र परिक्रममा गरी अस्पताल अगाडि कोणसभा गरेका छन् । मंगलबारे अस्पताल लेखिएको बोर्ड समेत राखिएको र नाम परिवर्तन गर्ने विषय कुनै हालतमा मान्य नहुने संयोजक रिजालको भनाई छ । उहाँले मंगलबारे अस्पतालको नाममा पहिचान बनाएको अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउन खोज्नु निन्दनीय भएको उल्लेख गर्नुभयो ।


    स्थानीय युवा शंकर निरौलाले ट्रमा सेन्टर ल्याउनु खुशीको कुरा भएपनि मंगलबारेको पहिचानलाई मेट्ने गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउनु सान्दर्भिक नहुने बताउनुभयो । नेपाल सरकारको स्वामित्तमा रहेको अस्पतालको नाममा राजनीतिक बखेडा झिक्न नहुने उहाँको भनाई छ ।
    त्यस्तै, स्थानीय देबेन्द्र खड्काले मंगलबारेको पहिचान नमेटिने गरी नामाकरण गर्नु पर्ने धारणा राख्नुभयो । ट्रमा सेन्टर बन्न लाग्नु सकारात्मक पक्ष भएको उहाँको ठम्वाई छ । आन्दोलनका नाममा राजनीतिक घुसपैठ भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले अस्पतालको नामका विषयमा राजनीतिक चलखेल बन्द गर्नु पर्ने उहाँको भनाई छ ।


    त्यस्तै, उर्लाबारी वडा नं. ३ का सदस्य सोमनाथ तिम्सिनाले मंगलबारे अस्पतालको पहिचान मेट्ने गरी प्रस्ताव गरिएको भन्दै आपत्ति जनाउनुभयो । मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने नहुनेमा उहाँको भनाई छ ।


    त्यस्तै, पूर्व फुटबल खेलाडी सञ्जिब बुढाथोकीले पनि मंगलबारेको पहिचानको रुपमा रहेको अस्पतालको नाम परिवर्तनको आवश्यकता नभएको उल्लेख गर्नुभएको छ ।
    २०४९ सालमा स्थापना भएर १५ शैय्याको मंगलबारे अस्पतालमा स्तरोन्नती भएको थियो । प्रदेश सरकारले अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छ । त्यसका लागि अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको छ । अस्पतालमा करोडौंको उपकरण खरिद गरेर जडान भइसकेको छ ।

    अस्पतालमा हाल प्रसूति र एपेन्डिसाइट्सको शल्यक्रिया पनि उपलब्ध गराउँदै आएको छ । पूर्व पश्चिम राजमार्गमा सँगै जोडिएको मंगलबारे अस्पतालमा दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको छ । मोरङको सुदूरपूर्वी भेगमा रहेको यो अस्पतालमा हरेक दिन बिरामीको चाप हुन्छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…