स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४,०८५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
मङ्गलवार थपिएका सङ्क्रमितहरूमध्ये ३१ जना महिला रहेका छन्।
हालसम्म नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या १५ रहेको छ। अहिलेसम्म निको हुनेको सङ्ख्या ५८४ छ।